
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली महिलाहरुको महापर्व हरितालिका तीज र चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा मधेश प्रदेश स्तरीय सांस्कृतिक तीज उत्सव हुने भएको छ ।
बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित शिवशक्ति यूथ क्लवको आयोजनामा मधेश प्रदेश स्तरीय वृहत नृत्य कला प्रतियोगिता हुन लागेको हो ।
अगामी भदौ १४ गते तीजको दिन हुने प्रतियोगितामा मधेश प्रदेशको आठवटै जिल्ला तथा प्रदेश नं। १ को बिराटनगरबाट समेत नृत्यकला केन्द्र ९टीम०हरु सहभागी हुने क्लवका अध्यक्ष दिनेशकुमार साहले जानकारी दिए ।
नृत्यकला प्रतियोगितामा उत्कृष्ट गर्ने टिमहरुको लागि पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रथम पुरस्कार नगद ५० हजारसहित शिल्ड र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद २५ हजारसहित शिल्ड र प्रमाण पत्र र तेश्रो पुरस्कार नगद ५ हजार र प्रमाण पत्र रहेको क्लवका प्रतिनिधि मदन विकले जानकारी दिए ।
उनका अनुसार नृत्यकला प्रतियोगितामा भाग लिन प्रत्येक टिमले २ हजार एकसय रुपैयाँसहित भदौ ११ गते भित्र नाम दर्ता गराउनु पर्ने छ ।
बटेश्वरको बटेश्वरनाथ महादेव मन्दिर परिसरमा हुने तीज उत्सवमा नृत्यकला प्रतियोगितामा भाग लिन टिमले केही नियामको पनि पालना गर्नुपर्ने आयोकले सर्त राखेको छ ।
१. प्रतियोगिता १ देखि ५ राउण्ड सम्म हुनेछ ।
२. दोस्रो राउण्ड देखि प्रत्येक राउण्डमा २ टिम आउट हुनेछ ।
३. यस प्रतियोगितामा युगल जोडी अनिवार्य हुनुपर्ने छ ।
४. यस प्रतियोगितामा आफ्नो इच्छा अनुसारको गीतमा नृत्य गर्न पाउने छ ।
५. भोजपुरी र अस्लिल गीतलाई प्रतिबन्ध गरिएको छ ।
६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
७. यस प्रतियोगिता मा सहभागि हुने टिम १४ गते बिहान १० बजे भित्र उपस्थित भइसक्नु पर्नेछ ।
जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला
- २०७९ भदौ १० शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बिन्धीस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । स्थानीय अमरेश सिँहकी १७
पूरा पढ्नुहोस्