क्रिकेट संघको आयोजनामा गौर नगरपालिकाले मेयर कप – २०८० गराउँदै

२०८० माघ ६ शनिबार
बेलुकी ७:३२ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । रौतहटको गौर नगरपालिकाले मेयर कप–२०८० क्रीकेट (लिग) टुर्नामेन्ट गराउने भएको छ।

नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्य तथा रौतहट क्रीकेट संघको सभापति पवन साहको अध्यक्षतामा गौर नगरपालिकाको सभा हलमा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत मेयर कप (२०८० को खेल तालिका सार्वजनिक गरिएको हो।

गौर नगरपालिकाको सहयोग र रौतहट क्रीकेट संघको आयोजनामा माघ १३ गते देखि हुने खेलमा नगर भित्रका ९ ओटा टिम मात्रै भाग लिन पाउने छन् । 

मेयर कपको बिजेताले २५ हजार ,उपबिजेताले १५ हजार  ,म्यान अफ दी सिरिजले ५००० ,बेस्ट बौलरले २१००,बेस्ट ब्याटसमेनले २१०० ,बेस्ट किपरले २१०० पाउने आयोजक  रौतहट क्रीकेट संघको कोषाध्यक्ष  बिक्रान्त बिक्रम नेपाल उर्फ पालुले जानकारी दिएका छन् । 

उहाँले खेलहुँदा अम्पायरको डिसिजिन नै सर्वमान्य हुने बताउनु भएका छन् ।
पत्रकार सम्मेलन मार्फर ग्रुप" ए "मा  टिम वडा न .१,५,६ ,ग्रुप "बी" मा वडा न.३,९,७ र ग्रुप "सि"मा वडा न.४ ,२ ,८  का टिम रहेको आयोजक रौतहट क्रीकेट संघका अध्यक्ष पवन साहले बताए।

साहले १३ गते देखि हुने खेलमा दैनिक ४ टिमले भाग लिने छन् ।पहिलो खेल बिहान ९ बजे देखि १ बजे सम्म र दोस्रो खेल दिउँसो १ बजे देखि हुने कुरा प्रष्ट पारेका छन् ।
लिगको क्वाटर फाईनलका २ खेल १८ गते र दोस्रो  क्वाटरफाईनल को २ खेल  भोली पल्ट १९ गते बिहान ९ बजे देखि हुने साहले बताउनु भएका छन् । 
क्वाटरफाईनल खेली  सेमिफाइनल प्रवेश गरेका टिमको  सेमिफाइनल  खेल माघ २० गते ९ बजे देखि हुने साहले बताए ।

त्यसैगरी टुर्नामेन्टको फाईनल खेल माघ २० गते ११ बजे हुने आयोजक क्रीकेट संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। 
पत्रकार सम्मेलनको सम्बोधन गर्दै #गौर #नगरपालिकाको मेयर शम्भु साहले गौर नपा भित्रको खेलाडीहरुको प्रतिभा परिक्षण गर्न तथा खेलकुदको बिकास गराउने उदेश्यको साथ मेयर कप-२०८० को आयोजना गरेको बताएका छन् ।

मेयर साहले नगरको खेलाडीलाई जिल्ला हुँदै रास्ट्रीय स्तरमा कसरी पुर्याउन सकिन्छ ?यस बिसय प्रति आफु निकै  गम्भीर रहेको बताए ।

मेयर साहले देश नै आर्थिक संकटले ग्रसित भएको बेला नगरमा पनि बजेटको अभाव छ,तर खेलाडीको मनोबल उच्च बनाउन तथा खेल्न तथा आ -आफ्नो वडामा अभ्यास गर्नको लागि सहुलियत होस् भन्ने उदेश्यले गौर नपाले  प्रत्येक वडामा १/१ थान ( क्रीकेट सामाग्री )किट तत्काल उपलब्ध गराउने घोषणा गर्नु भएका छन् ।

#मेयर साहले असार मासान्त भित्र  राईसमिल ग्राउण्डलाई अधिग्रहण गराईछाड्ने  र ३ ओटा  वडामा क्रीकेट ग्राउन्ड बनाउने समेत प्रतिबद्धता जाहेर गर्नु भएका छन् ।

उहाँले आउने आर्थिक बर्समा खेलाडिहरुको अभ्यासका लागि क्रीकेट बल फ्याकने (आधुनिक मेसिन) उपलब्ध गराउने घोषणा गर्नु भएका छन् ।
पत्रकार सम्मेलनमा गौर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुभास ठाकुरले मेयर कप -२०८० को सफलताको शुभकामना दिदै नगरको सम्पूर्ण खेलाडीलाई राम्रो प्रदर्सनको लागि शुभकामना दिनुभएका छन् ।

पत्रकार सम्मेलनमा गौर नपाका सम्पूर्ण वडा अध्यक्ष ,वडाका टिम क्याप्टेन ,क्रीकेट संघका पदाधिकारी लगायत दर्जनौं खेलप्रेमीको उपस्थित रहेको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८० माघ ६ शनिबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus