पत्रकार यादवलाई मार्ने त्यो योजना - 'विनयलाई हान्दीउँ, भन न बिनयलाइ हान्दीउँ' (अडियो सुन्नुहोस्)

२०८१ बैशाख १८ मंगलबार
बेलुकी ६:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादव घटना प्रकरणमा न्यूज ब्यूरोले नियमित रुपमा फेला पार्दै आएको आधार प्रमाणहरुले उनको सुनुयोजित हत्या भएको आशंका बढदै गएको छ । 

उही धनुषा प्रहरीले पत्रकार यादवको परिवारजनलाई सवारी ज्यानमा जाहेरी दिन दबाब दिरहेको बेला उनको घटना प्रकृति र पछिल्ला गतिविधिहरु हेर्दा उनलाई सुनुयोजित तरिकाले फँसाएर मारेको आधार प्रमाणहरु छत्ताछुल्ल भएको छ । विभिन्न सिसिटिभी फुटेज, गाडीको स्पीड, पछिल्ला धाकधम्कीको अडियोहरु, निवेदनहरुको आधारमा उनी पहिलेदेखि नै आफूलाई असुरक्षित महसुस गर्दै आएका थिए । 

आफ्नो लोकेशन समेत सेयर नगर्ने पत्रकार यादवले सो दिन आफ्नो विश्वासमा पारेका ललन भन्ने लक्ष्मीनारायण यादवले सबै खुलाएर सोधेपछि उनले ढल्केवरको होटेलमा रहेको खुलाएको देखिएको छ । ललनले पटक पटक उनलाई मेसेन्जरमा कहाँ हो ? कहाँ हो अहिले ? भनेर सोधेपछि उनले लोकेशन सेयर गरेको देखिएको छ । विनयले उनलाई बोलाएको र उनी गएको मेसेजमा प्रष्ट हुन्छ । 

घटना हुनु दुई दिन अगाडी नै ललनले विनयलाई पठाएको एक अडियो रेकर्डमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा बस्ने सुशिल यादवका छोरा बीरेन्द्र यादवले विनयको हत्याको जालझेल बुनिरहेको प्रष्ट सुन्न सकिन्छ । जानकारी अनुसार, दारुको लत्त रहेको बीरेन्द्रले उनको घरमा हुने विभिन्न बैठक, मिटिँग सुनेर उनी रक्सी खाएपछि बाहिर बोल्दै आएका प्रकृतिका व्यक्ति हुन् । उनलाई घरमा कुटपिट गर्दा उनले विनयलाई मार्ने बारे बनेको योजनाहरुको बारेमा विनयलाई समेत भनिदिएको बताइन्छ । 

५ मिनेटको एक अडियोमा बीरेन्द्रले पत्रकार विनयलाई मारिदिने भनेर शब्दहरु पटक पटक दोहरयाएको सुन्न सकिन्छ । सोही बीचमा एक व्यक्तिले भनेका छन्–“बिनयलाई हान्दीउँ ? ए बीरेन्द्र, हान्दनीउ बिनयलाई ?” भनेर बोलेको सुन्न सकिन्छ । त्यो आवाज सोही स्थान बस्ने बरुण यादव नामक व्यक्तिको रहेको बताइन्छ । 

अडियो बजाउँदा बीरेन्द्रले बिनयलाई अपहरण गरिदिने, उठाइदिने, घर पसेर मार्ने, गाडी चढाइदिने जस्ता शब्दहरु विनयलाई गालीगलौजसहित भनेको सुन्न पाईन्छ । अडियो रेकर्ड सुन्दा विनयलाई पहिलेदेखि नै मार्ने योजना लगभग तय भएको आँकलन गर्न सकिन्छ । सोही अनुसार, विनयले जीउ ज्यान सुरक्षाको निवेदन झण्डै ईलाका प्रहरीमा दिएको देखिन्छ । यसले उनलाई सुरक्षा थ्रेटको आभाष भईसकेको महसुस गर्न सकिन्छ । 

बीरेन्द्र यादव धीरेन्द्र यादवका भाई हुन् । उही धीरेन्द्र यादव हुन जसले विनयलाई गाडीले कुल्चेर मारिदिने, कामका डिस्टर्व गर्यो भन्दै उनको नामको सुपारी निकालेको बताइन्छ । यद्यपी, धीरेन्द्रले यसलाई पटक पटक अस्विकार गर्दै आएपनि उनका गाउँका बासिन्दाहरुले उनको क्रियाकलापको बारेमा बताउँदा उनले विनयलाई मार्न सुपारी दिएको हुन सक्ने आशंका गरिएको छ । विनय प्रकरणमा धीरेन्द्र मुख्य विल्लेनको रुपमा अहिलेसम्म देखिदै आएका छन् । घटना भएको दिन पनि पक्राउ परेका ललनले धीरेन्द्रलाई तीन तीन पटक फोन गरेको कल हिस्ट्री सार्वजनिक भएपछि उनीमाथि थप शंका उत्पन्न भएको हो । 

अडियो रेकर्ड सुन्नुहोस् 

 

  • 11%
  • 1%
  • 0%
  • 0%
  • 81%
  • 5%

शहीदनगर नगरपालिकाको करारका शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश

  • २०८१ बैशाख १८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहीदनगर नगरपालिकाले सामुदायिक विद्यालयका लागि शिक्षक तथा कर्मचारी करारमा नियुक्ति गर्न निकालेको विज्ञापन सम्बन्धी विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म

पूरा पढ्नुहोस्

Bureau Menus