भन्सारको कर्मचारी हुँ भन्दै बोर्डरमा 'रामगुलाम' को असुली धन्दा, पक्राउ गर्न डराउँछन प्रहरी पनि

२०८३ बैशाख ८ मंगलबार
रति ८:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवाका एक साधारण स्थानीय बासिन्दा 'रामगुलाम', जो बर्षौदेखि महुवा बोर्डरमा असुली आतंक मच्चाएका छन् । 

देवधा, बल्हा, इनरबा, महिनाथपुर बोर्डसम्म भन्सारको कर्मचारी हुँ भनेर व्यापारीहरुसँग अहिलेसम्म करोडौँ रुपैयाँ असुली गरेको बताईन्छ । यस नाकाहरुबाट व्यापार गर्ने स साना देखि मध्यम वर्गीय व्यापारीहरुबाट भन्सारको नाममा असुली गर्ने गरेका रामगुलाम दास वास्तवमा कुनै कर्मचारी नै नरहेको खुलेको छ । 

महुवा छोटी भन्सार कार्यालयका कर्मचारी रहेका महुवा निवासी रामसागर दासले समेत रामगुलामको असुलीबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । यद्यपी, कर्मचारी रामसागर दासलाई भने रामगुलामको सबै कर्तुत बारे भलिभाँती जानकारी रहँदै आएका हुन् । 

महुवा भन्सारमा सधैँ ताल्चा लागेको हुन्छ । त्यहाँबाट आवतजावत गर्ने व्यापारीहरुलाई समाउने कार्य रामगुलाम गर्दै आएका हुन् । उनले महुवा र भारत बिहारको गरहा खेतबाटोमा व्यापारीहरुलाई समातेर असुली गर्ने गरेका हुन् । यसमा उनलाई साथ दिदै आएको छ ईलाका प्रहरी कार्यालय खजुरी र सशस्त्र प्रहरी बल खजुरी पनि । 

सशस्त्र प्रहरीको सख्त पहरा रहेको बोर्डरमा रामगुलाम त्यसअघि नै असुली गर्ने गरेका छन् । बोर्डरमै दौडधुप गर्दै आएका रामगुलाम कसैको समान जाँदा उनलाई जानकारी दिने तस्कर महिलाहरुको महुवामा गैँग नै रहेको छ । नयाँ बनेको बाटोमा महिलाहरुको तस्कर समूहले रामगुलामलाई खवरीको रुपमा खवर दिँदै आएको छ । सोही खवरको आधारमा रामगुलाम भारतीय नम्बर प्लेटको मोटरसाईकल लिएर बाटोमा रोकेर असुली गर्दै आएका पात्र हुन् । 

रामगुलाम बर्षौदेखि महुवा बोर्डरमा असुली धन्दा चलाउँदै आएका व्यक्ति हुन् । अहिलेसम्म उनले आफू भन्सार कर्मचारी रहेको झुठो परिचय दिएर असुली गर्र्दै आएका थिए । असलमा उनी भन्सारको कुनै पनि कर्मचारी नरहेको खुलेको छ । भन्सारको कर्मचारी रामसागर दास हुन् । रामगुलाम दासले रामसागरकै नाममा असुली गर्दै आएको खुलेको छ । 

महुवा भन्सारबाट भन्सार कार्यालय बन्द गरिएको छ तर, रामगुलामको असुली धन्दा भने अझै तीब्र गतिमा छन् । भारतबाट मालसमान पास गराउने मुख्य तस्करको रुपमा रामगुलाम पनि एक हुन् । 

भारतबाट आउने भन्सार छलीका समानलाई महुवामा स्टोर गरी बजारमा पठाउने पात्र पनि हुन रामगुलाम दास । महुवाका अधिकांश तस्करहरुले प्रयोग गर्ने बाटोमा रामगुलामको राज छ । उनले प्रहरी कर्मचारीहरुलाई समेत मिलाएर बोर्डरभित्रका व्यापारीहरुसँग असुली गदैृ आएका हुन् । 

रकम नदिने व्यापारीलाई मालसमान ल्याउन नदिने पावर राख्ने रामगुलामलाई अझै पक्राउ गर्न सकिएको छैनन् । जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे बुझेर एक्सन लिने बताएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ बैशाख ८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus