जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ

२०८३ जेठ २० बुधबार
दिउसो ४:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।   प्रहरीले जानकी मेडिकल कलेजका अध्यक्ष तथा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पाण्डेलाई धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उच्च अदालत पाटनबाट गत मंसिर २८ गते पक्राउ अनुमति प्राप्त भएपछि पाण्डेमाथि अनुसन्धान अघि बढाइएको थियो।

एसएसपी श्रेष्ठले पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइन्स प्रालि’ नामक कृत्रिम व्यवसाय खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। साथै धितोको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराई कर्जा स्वीकृत गराएको तथा कर्जा लिएको उद्देश्यभन्दा फरक क्षेत्रमा रकम प्रयोग गरेको आरोप पनि उनीमाथि लागेको छ।

प्रहरीका अनुसार प्रभु बैंकबाट लिएको कर्जाको पटक–पटक दुरुपयोग भएको देखिएकाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान थालिएको हो।

राम जानकी हेल्थ फाउन्डेसनद्वारा सञ्चालित जानकी मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयअन्तर्गत सन् २००३ मा स्थापना भएको शिक्षण संस्था हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 13%

'बेचन दास एक बाउको छोरा हो भने कारवाही गरेर देखाओस' भन्दै मेयर दासकी मृत आमाप्रति हेडमास्टर मण्डलको अभद्र गाली

  • २०८३ जेठ २० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा बिदेह नगरपालिकाका मेयर बेचन दासकी मृत आमालाई जनता नमुना मावि गिद्धाबेलापट्टिका हेडमास्टर पवन मण्डलले अभद्र गाली गरेको रेकर्ड न्यूज ब्यूरोले फेला पारेको छ ।  विद्यालयमा बेतिथि निम्त्याएको,

पूरा पढ्नुहोस्

Bureau Menus