'बेचन दास एक बाउको छोरा हो भने कारवाही गरेर देखाओस' भन्दै मेयर दासकी मृत आमाप्रति हेडमास्टर मण्डलको अभद्र गाली

२०८३ जेठ २१ बिहीबार
बिहान ०६:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा बिदेह नगरपालिकाका मेयर बेचन दासकी मृत आमालाई जनता नमुना मावि गिद्धाबेलापट्टिका हेडमास्टर पवन मण्डलले अभद्र गाली गरेको रेकर्ड न्यूज ब्यूरोले फेला पारेको छ । 

विद्यालयमा बेतिथि निम्त्याएको, अवैद्य असुली गरेको सन्दर्भमा परेको निवेदन उजुरीप्रति मेयर बेचन दासले पटक-पटक सम्झाउन खोजेपटि आक्रोसित हेडमास्टर पवन मण्डलले उनकी मृत आमाप्रति अभद्र गाली गरेका छन् । 

मेयर दासले स्कूलमा मनपर्दी गरिए, गरिब बालबालिकाहरुसँग जबरदस्ती शुल्क लिए कारवाही गर्ने चेतावनी दिएका थिए । त्यसपछि उनले आफूलाई भौतिक कारवाहीको कुरा गर्दै उनले मेयरलाई गाली गरेको पाईएको छ । नगरपालिकाको बैठकमै हेडमास्टरहरुमाथि कारवाही गर्ने भनेपछि आक्रोसित मण्डलले उनको आमा लगाएर गाली गरेका हुन् । 

प्राप्त अडियोमा हेडमास्टर पवन मण्डलले भनेका छन् –“मेयर बेचन दास एक बापके बेटा है त कारवाही कक देखाबो” अर्थात मेयर बेचन दास एक बाउको छोरा हो भने मलाई कारवाही गरेर देखाओस भनेर भनेका छन् । जानकारी अनुसार, केही दिन मेयर दास र हेडमास्टर मण्डलबीच विद्यालयमा जाने रकमको सन्दर्भमा विवाद चलिरहँदा प्रधानाध्यापक मण्डलले नीचस्तरको गाली गरेको पाईएको छ । 

सुन्नुहोस रेकर्ड प्रमाण

समाजिक सँजालबाट विद्यालयको मात्र साकारात्मक पक्षको प्रचार प्रसार गरी नाम कमाएका हेडमास्टर पवन मण्डलको भित्री वास्तविकता छत्ताछुल्ल भएपछि उनको इमेज बाहिरिएको हो । उनका समर्थकहरुले समेत उनको आलोचना गर्न थालेका छन् । 

  • 0%
  • 14%
  • 0%
  • 0%
  • 14%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८३ जेठ २१ बिहीबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus