धनुषाको बेलापट्टी स्कूलमा विद्यार्थीमाथि छुरा प्रहार

२०८१ चैत ७ शुक्रबार
बेलुकी ५:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक सरकारी स्कूलमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । 

धनुषाको नमुना उच्च मावि गिद्धा बेलापट्टि स्कूलमा अध्ययनरत धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने राजाराम मण्डलका १२ बर्षिय छोरा दिपेश मण्डलमाथि छुरा प्रहार भएको हो । 

स्कूलको अँग्रेजी माध्यमतर्फ कक्षा ५ मा अध्ययनरत दिपेशमाथि सोही कक्षामा पढने विदेह नगरपालिकाको बफै बस्ने उमेश मण्डलका १२ बर्षिय छोरा विकास मण्डलले छुरा प्रहार गरेको जनाईएको छ । 

कक्षा समाप्त भएपछि बाहिर निस्केका दिपेशलाई विकासले घाँटीमा छुरा हान्ने प्रयास गरेका थिए । उनलाई टाउको बचाएपछि छुरा काँध (बाहु) मा लागेको छ । छुरा प्रहारबाट दिपेश घाईते भएका छन् । 

कक्षामा भएको समानय विवादपछि विकासले छुरा प्रहार गरेको दिपेशका काका धनिराम मण्डलले जानकारी दिए । उनका अनुसार, कक्षाकोठामा भएको समान्य भनाभनपछि विकासले उनलाई छुरा हानेको हो । 

आरोपित विकास फरार छन् भने दिपेशलाई थप उपचारको लागि जनकपुर लगिएको हो । 

  • 2%
  • 1%
  • 1%
  • 72%
  • 12%
  • 7%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८१ चैत ७ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus