न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको भानुचोकस्थित राजु होटललाई अस्वस्थकर खाना बिक्री गरेको तथा सरसफाइको न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएपछि ४० हजार रुपैयाँ जरिवाना गरिएको छ।
शुक्रबार मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको नेतृत्वमा गरिएको होटल तथा रेष्टुरेन्ट अनुगमनका क्रममा होटलमा अत्यधिक फोहोर, अव्यवस्थित भान्सा तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवस्थाको खाद्य सामग्री बिक्री भइरहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले तत्काल ४० हजार रुपैयाँ जरिवाना गरेका हुन्।
अनुगमनका क्रममा जनकपुरधामस्थित सीतासरण होटलबाट समेत म्याद गुज्रिएका तथा उपभोगका लागि अयोग्य खाद्य सामग्री फेला परेको थियो। ती अखाद्य सामग्री अनुगमन टोलीको रोहबरमा तत्काल नष्ट गरिएको जनाइएको छ।
अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री महतोले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारे। उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउनु प्रत्येक व्यवसायीको कानुनी तथा नैतिक दायित्व भएको उल्लेख गर्दै उनले मापदण्डविपरीत सञ्चालन हुने होटल तथा रेष्टुरेन्टमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिए।
मन्त्री महतोले अनुगमन कुनै एकदिने कार्यक्रम नभई निरन्तर सञ्चालन हुने अभियान भएको उल्लेख गर्दै सबै होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई सरसफाइ कायम राख्न, खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न तथा उपभोक्ताप्रति जिम्मेवार बन्न आग्रह गरे।
जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले जनकपुरधामका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान
- २०८३ असार २० शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख
पूरा पढ्नुहोस्


