न्यूज ब्यूरो, काभ्रेपलान्चोक । दुई महिनाअघि उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी नायब निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ युवतीसहित मध्यरातमा होटलमा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्जसमेत रहेका श्रेष्ठलाई स्थानीयले नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिएका हुन् ।
स्थानीयका अनुसार मध्यरातमा होटलमा युवतीसहित फेला परेपछि श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाइएको थियो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको टोलीले श्रेष्ठसहित युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीले स्थानीयले खबर गरेपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको जानकारी दिए ।
‘श्रेष्ठसहित दुईजना नै प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने ।
श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरीका रूपमा घोषित भएका थिए । प्रहरीको जिम्मेवारीमा रहेका व्यक्तिले आचरण र मर्यादा विपरीत गतिविधि गरेको भन्दै स्थानीयले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
घटनाको वास्तविकता र श्रेष्ठमाथि लागेका आरोपबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानपछि मात्रै घटनाको विस्तृत तथ्य र आवश्यक कारबाहीबारे स्पष्ट हुने प्रहरीले जनाएको छ ।
दुई महिनाअघि ‘उत्कृष्ट प्रहरी’ घोषित सई युवतीसहित होटलमा भेटिएपछि नियन्त्रणमा
- २०८३ भदौ १ सोमबार
न्यूज ब्यूरो, काभ्रेपलान्चोक । दुई महिनाअघि उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी नायब निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ युवतीसहित मध्यरातमा होटलमा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित
पूरा पढ्नुहोस्




