सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका नाममा परमादेश जारी गरेको हो।
यसैगरी, सर्वोच्चले श्रेष्ठसँग सम्बन्धित बरामद गरिएका सामग्री तथा कागजातसमेत रिट निवेदक सरस्वती श्रेष्ठलाई फिर्ता दिन आदेश दिएको छ। अदालतको आदेशमा सञ्चार सामग्री अवरुद्ध नगर्न तथा सञ्चार माध्यमसम्बन्धी विषयमा कानुनबमोजिम अनुसन्धान अघि बढाउनुपर्ने पक्षमा समेत ध्यानाकर्षण गराइएको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमार्फत पत्रकार श्रेष्ठको गैरकानुनी थुनाविरुद्ध सर्वोच्च पुगेकी उनकी पत्नी सरस्वती श्रेष्ठको मागअनुसार अदालतले उनलाई थुनामुक्त गरी कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ भदौ १ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्





