नमुना विद्यालय गिद्धाबेलापट्टिमा गैर-कानुनी कोचिँग सँचालन गरेको भन्दै बन्द गर्न माग

२०८३ जेठ १९ मंगलबार
बेलुकी ७:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको सदरमुकाम तिनकोरिया बेलापट्टिस्थित रहेको नमुना माध्यमिक (प्राविधिक) विद्यालयमा गैर कानुनी कोचिँग सेन्टर चलाएको भन्दै बन्द गर्न माग गरिएको छ । 

युवाहरुको एक समूहले कोचिँगको नाममा गरिब विद्यार्थीहरुबाट बलपूर्वक रकम असुली गरेको आरोप लगाउँदै बन्द गर्न माग गरिएको हो । विदेह नगरपालिकाका युवाहरुको एक समूहले नगरपालिका कार्यालय, शिक्षा शाखा मार्फत विद्यालयभित्रै गैर कानुनी रुपमा कोचिँग सँचालन गरेको भन्दै बन्द गराउन माग गरेको हो । 

विद्यालयमा पढन जाने हजार बढी विद्यार्थीहरुलाई स्कूलमै गैर कानुनी सँचालनमा रहेको कोचिँगमा पढनुपर्ने बाध्यता पारेको भन्दै बन्द गराउन माग गरिएको हो । 

विदेह नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित परिच्छेद ७ अन्तर्गत कुनै पनि कोचिँग, ट्यूशन गराउन विद्यालयको भवन प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । सो कार्यविधि विपरित विद्यालयका प्रधानाध्यपक पवन मण्डलले जबरदस्ती कोचिँग सँचालन गरी विद्यार्थीहरुलाई बाध्यात्मक स्थिति सृजना गरिदिएको आरोप लगाइएको छ । 

यस सन्दर्भमा मण्डलले भने विगतदेखि नै विद्याथीहरुको सुविधाको लागि स्कूलमै कोचिँग सँचालन गरेको स्वीकारे । पढने विद्यार्थीहरुलाई बाहिर जानुपर्ने बाध्यता अन्त्यको लागि अभिभावकहरुकै आग्रहमा कोचिँग सँचालन गरिएको विदेहका शिक्षा शाखा प्रमुख एवम् सोही विद्यालयका शिक्षक ब्रह्मदेव यादवले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ जेठ १९ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus