बालेन शाह प्रधानमन्त्री बनेपछि चढाए तौल बराबरको लड्डु

२०८३ बैशाख १२ शनिबार
बिहान ०८:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको सबैला नगरपालिका वडा नम्बर १० खरिहानीका कुलदिप महतोले बालेन प्रधानमन्त्री बनेपछि लडडु चढाउने भाकल आज पूरा गरेका छन् ।

खरिहानीमा शुक्रबार विधि अनुसार पुजापाठ गरेर लडडु चढाएको थियो । सो लडडु भगवानलाई चढाएर गाउँभरि प्रसादको रुपमा बाँडिएको बताईएको छ । 

धनुषाको सबैला नगरपालिका–१० खरिहानीका एक सामान्य व्यवसायी तथा समाजसेवी कुलदिप महतोले आफ्नो भाकल पूरा गर्दै तौल बराबरको लड्डु चढाएका छन्। उनले भने बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेपछि यस्तो भाकल गरेका थिए।

खरिहानी बजारमा रहेका स्थानीय सन्तोषी माताको मन्दिरमा पुगेर उनले विधिपूर्वक पूजा गर्दै लड्डु चढाएका हुन्। कुलदिप महतोका अनुसार मधेसी समुदायबाट इन्जिनियर पृष्ठभूमिका युवा देशको नेतृत्वमा पुगेको देख्न पाउँदा आफू अत्यन्त खुशी भएको बताए।

उनले भने “देशमा नयाँ सोच र इमानदार नेतृत्वको आवश्यकता छ। बालेन प्रधानमन्त्री बनेपछि मेरो लागि यो क्षण विशेष बनेको छ, त्यसैले मैले गरेको भाकल पूरा गरेको हुँ।”

धनुषाको सबैला नगरपालिका वडा नम्बर १० खरिहानीमा कुलदिप महतोले बालेन प्रधानमन्त्री बनेपछि लडडु चढाउने उनले भगवान प्रति पुजापाठ गरि लडडु बाडने वचन गरेपछि आज पूरा गर्दै छ । 

संतोषी माताको विधि अनुसार पुजापाठ गरेर लडडु चढाएको थियो । सो लडु भगवानलाई चढाएर गाउँभरि प्रसाद बाँडेका हुन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus