न्यूज ब्यूरो, जनकपुरधाम । बजारमा देखिएको एलपीजी ग्यास आपूर्ति असहजताबीच सरकारले लागू गरेको ‘आधा सिलिन्डर’ (७.१ किलो) नीति ग्यास व्यवसायीहरूले अस्वीकार गरेका छन्। व्यवसायीहरूले आगामी सोमबारदेखि उपभोक्तालाई पुनः १४.२ किलो क्षमताकै ग्यास सिलिन्डर बिक्री वितरण गर्ने घोषणा गरेका हुन्।
मंगलबार ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार सरकारले औपचारिक निर्णय नगरे पनि व्यवसायीहरू आफैंले पूर्ण क्षमताको ग्यास बिक्री गर्ने निष्कर्षमा पुगेका छन्।
अर्यालका अनुसार पछिल्लो समय डिजेलको मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च अत्यधिक बढेको छ, जसले गर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको छ। ‘सोमबारदेखि १४.२ किलोकै ग्यास बेच्ने सर्वसम्मत निर्णय गरेका छौं,’ उनले भने, ‘यदि सरकारले ढुवानी खर्च व्यवस्थापनमा सहयोग नगरे व्यवसाय सञ्चालन नै असम्भव हुन्छ।’
सरकारले ग्यास अभावको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आधा सिलिन्डर नीति लागू गरेको भए पनि त्यसले व्यवसायी र उपभोक्ता दुवैलाई समस्या पारेको व्यवसायीहरूको भनाइ छ। आधा सिलिन्डर वितरणका कारण बजारमा असन्तुलन बढ्नुका साथै उद्योगमा मौज्दात ग्याससमेत थन्किएको उनीहरूको दाबी छ।
उद्योगीहरूका अनुसार अहिले ग्यास बुलेटहरू उद्योगमै थन्किएका छन् र अनलोड गर्न समस्या भइरहेको छ। उपभोक्ताको घरमा आधा सिलिन्डर थुप्रिँदा नयाँ ग्यास आपूर्ति चक्र प्रभावित भएको छ। ‘अहिलेको अवस्थामा बुलेटहरू जाम भएर बसेका छन्, यदि समयमै समाधान भएन भने दुई महिनाभित्र गम्भीर अभाव हुन सक्छ,’ अर्यालले चेतावनी दिए।
नेपाल एलपी ग्यास उद्योग संघले भने उद्योगहरूमा पर्याप्त ग्यास मौज्दात रहेको र पूर्ण क्षमतामा आपूर्ति गर्न कुनै समस्या नरहेको जनाएको छ। तर, वर्तमान नीतिका कारण वितरण प्रणाली अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ।
व्यवसायीहरूले यसअघि पनि सरकारसँग पटक–पटक छलफल गरेको भए पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन्। डिजेल मूल्य नियन्त्रणका लागि सुझाव दिँदा समेत सरकारले चासो नदेखाएको उनीहरूको आरोप छ।
व्यवसायीहरूका अनुसार भारत, भुटान र माल्दिभ्सजस्ता दक्षिण एसियाली मुलुकहरूले आर्थिक स्थिरता कायम राख्न इन्धन मूल्य नियन्त्रणमा ध्यान दिइरहेका बेला नेपालमा भने आवश्यक नीति हस्तक्षेप हुन सकेको छैन।
यता नेपाल आयल निगमले भने हाल बजारमा ग्यास अभाव नरहेको दाबी गर्दै सम्भावित संकट टार्न सावधानी अपनाइएको बताउँदै आएको छ।
चर्चित TikToker धिरुभाइ र मोडल आयुषाको 'अहाँ स दिल लगेली' दर्शकलाई मोहित बनाउँदै
- २०८३ बैशाख ९ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित टिकटोकर धीरुभाई र मोडेल आयुषा विश्वकर्माद्धारा अभिनित “अहाँ स दिल लगेली” भिडियो म्यूजिक रिलिज गरिएको छ । प्रेम जोडीहरुका लागि विशेष तौरमा तयार पारिएको सो गीतमा
पूरा पढ्नुहोस्



