Close This

झगडा छुट्याउन गएका अध्यक्षमाथि निर्घात कुटपिट, फुटाइयो नकबासा !

२०८३ बैशाख ५ शनिबार
बेलुकी ७:३८ बजे
संजय सहनी, रौतहट

संजय सहनी, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा झगडा छुट्याउन गएका एक व्यक्तिमाथि युवाहरूको समूहले निर्घात आक्रमण गरेको घटना सार्वजनिक भएको छ। 

कटहरिया नगरपालिका–५ धनलक्ष्मी प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ५० वर्षीय दिनानाथ साह कलवारमाथि शुक्रबार साँझ करिब ७स्३० बजे सामूहिक कुटपिट भएको हो।

बजारबाट फर्किने क्रममा विवाह भवन अगाडि सामान्य भनाभन भइरहेका युवाहरूलाई छुट्याउन जाँदा उनीमाथि आक्रमण भएको पीडितले बताएका छन्। आक्रमणका क्रममा टाउकोमा गम्भीर चोट लागेर ५  वटा टाँका लगाउनुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका चिकित्सक सन्तोष रौनियारले जानकारी दिएका छन्। आक्रमणमा उनको आँखामा समेत चोट लागेको छ।

घटनामा संलग्न आरोपमा कटहरिया–५ का पारसनाथ यादवको छोरा २२ वर्षीय राधे भनिने आरएन अधिकारी र सुरेन्द्र साह सनारको छोरा २० वर्षीय सतिश साह पक्राउ परेका छन् भने अन्य दुई जना फरार रहेका छन्। सामान्य विवादपछि फोन गरेर थप युवाहरू बोलाई समूहिक रूपमा आक्रमण गरिएको बताइएको छ।

स्थानीयका अनुसार उक्त युवाग्याङ लामो समयदेखि गाँजा–रक्सी सेवन गर्ने, साइलेंसर खोलेर मोटरसाइकल आतंक मच्चाउने, छुरा बोक्ने तथा सार्वजनिक रूपमा महिलामाथि दुर्व्यवहार गर्ने जस्ता गतिविधिमा संलग्न रहँदै आएको छ। उनीहरूको डरका कारण गाउँलेहरू बोल्नसमेत नसक्ने अवस्था रहेको बताइन्छ।

यसअघि पनि फागुन महिनामा कटहरिया ५ का उमेश साह सनारको छोरीको विवाह समारोहमा जन्तीमाथि कुटपिट गर्नुका साथै युवतीलाई उठाएर लैजाने धम्की दिएको आरोप उनीहरूमाथि लागेको छ।

ईलाका प्रहरी कार्यालय कटहरियाले घटनाको पुष्टि गर्दै पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि गरुडा पठाएको असई अनुठा राय यादवले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश आचार्यका अनुसार उनीहरू नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा 

  • २०८३ बैशाख ५ शनिबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा

पूरा पढ्नुहोस्

Bureau Menus