साँसद 'अमरेश सिँह मुर्दाबाद; भन्दै घण्टीका कार्यकर्ताहरुले जलेश्वरमा नाराबाजी

२०८२ चैत ३० सोमबार
बेलुकी ५:२० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

सोमबार जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी कार्यालयका प्रमुखहरूसँग सिंह छलफलमा संलग्न रहेका बेला कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्। स्थानीय नेता–कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी अधिकारीहरूसँग छलफल गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका थिए।

प्रदर्शनकारीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतका नारा लगाएका थिए। बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता–कार्यकर्तालाई भने प्रहरीले रोकेको थियो।

प्रदर्शनमा रास्वपाका स्थानीय कार्यकर्ता प्रकाश पाठकलगायत सहभागी थिए। सिंह सर्लाही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने जलेश्वर महोत्तरी क्षेत्र नं। ३ अन्तर्गत पर्छ, जहाँबाट रास्वपाकै उज्वल झा निर्वाचित भएका छन्।

 

  • 0%
  • 0%
  • 20%
  • 0%
  • 0%
  • 40%

भदौ २३ र २४ को घटना छानबिन देखि २०६२ पछि नेता तथा कर्मचारीको सम्पति छानबिनसम्मको निर्णय

  • २०८२ चैत ३० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मन्त्रिपरिषद्को सबैभन्दा महत्वपूर्ण निर्णयका रूपमा २०८२ भदौ २३ र २४ गते भएको घटनाको प्रतिवेदन कार्यान्वयनसँग सम्बन्धित विषयलाई लिइएको छ । उक्त घटनापछि सुरक्षा संयन्त्रको कमजोरीबारे अध्ययन

पूरा पढ्नुहोस्

Bureau Menus