फोनमा विवाद, माफी माग्न गएका दुई दाजुभाईलाई मासु काटने कट्टाले मन्दिरमै निर्मम हत्या

२०८२ चैत २६ बिहीबार
बिहान ०९:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  पाटन दरबार क्षेत्रमै बुधबार साँझ भएको चक्कु प्रहारमा दुई दाजुभाइको ज्यान गएको छ। मृत्यु हुनेमा ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ रहेका छन्। उनीहरू आमा भेट्न लन्डन जाने तयारीमा रहेको अवस्थामा सामान्य विवादपछि ज्यान गुमाउन पुगेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फोन डायल गर्दा भएको सामान्य त्रुटिबाट विवाद सुरु भएको थियो। उक्त विषय मिलाउन र माफी माग्न दाजुभाइ घटनास्थल पुगेका थिए। तर, उनीहरूले कुरा राख्न नपाउँदै त्यहाँ नजिकै मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक सिर्जनमाथि चक्कु प्रहार गरेका थिए। भाइमाथि हमला भएपछि छुट्याउन गएका सुमितमाथि पनि आक्रमण हुँदा दुबै गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार घटनाको खबर पाएलगत्तै सातदोबाटो र पुल्चोकबाट पुगेको टोलीले दुवैलाई तत्काल ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्‍याएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनापछि फरार हुने प्रयास गरेका आरोपी सञ्जीव नेपालीलाई नजिकैको एक रेष्टुरेन्टमा लुकेका अवस्थामा महिला प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने क्रममा उनले प्रहरीमाथि दुर्व्यवहारको प्रयाससमेत गरेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक दाजुभाइ ललितपुरको इमाडोलमा बसोबास गर्दै आएका थिए। उनीहरू त्यहीँ जन्मिएर हुर्किएका हुन् भने उनकी आमा हाल लन्डनमा रहेको बताइएको छ। सोही कारण उनीहरू पनि आमा भेट्न विदेश जाने तयारीमा थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८२ चैत २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus