न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा गाईको मासु काटेको भन्दै युवकहरुले मासु नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकपुरधाम उपहानगरपालिका वडा नं. १ पुलचोकस्थितबाट एक व्यक्तिको घरबाट शंकास्पद मासु बरामद गरेको हो । ठुला जनावरको खुँरसहित बरामद भएको मासु गाईको रहेको भन्दै हिन्दुवादी युवकहरुले मासु प्रहरीलाई बुझाएको हो ।
जनकपुर पुलचोकको मदरसा नजिकै रहेको एक व्यक्तिको घरबाट गाईको मासु बरामद भएको शशी सनातनीले दाबी गरेका छन् । प्राप्त मासुको अवशेष गाई वा गोरुको हुन सक्ने भन्दै प्रहरीलाई बोलाएर जिम्मा लगाएको हो ।
मासु पकाउँदै गर्दा मासु नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । मासु परीक्षणको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले ल्याबमा दिएको छ । गाईको मासु भनिएपनि शतप्रतिशत यकिन गरी मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सुरुमा युवकले कुखुराको मासु दाबी गरेको भएपनि मासुको प्रकृति फरक पाएपछि अनुसन्धान गरिएको हो । गाईको मासु ठहर भए कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
नेपालमा गाई काट्नु वा गाईको मासु खानु कानुनतः निषेधित छ, किनकि गाईलाई राष्ट्रिय जनावरको रूपमा मान्यता दिइएको छ।
नेपालको मुलुकी अपराध संहिता २०७४ अनुसार:
- गाई वा गोरु मारेमा (काटेमा):
१२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। - गाई वा गोरुको मासु बेचेमा वा खाएमा:
३ वर्षसम्म कैद सजाय हुन सक्छ।
यो कानुन धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यतालाई ध्यानमा राखेर बनाइएको हो, किनकि नेपालमा गाईलाई पवित्र जनावर मानिन्छ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ चैत ३० सोमबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्

