न्यूज ब्यूरो, बुटबल । बुटवल र कपिलवस्तुमा श्रृंखलाबद्ध रूपमा सुन चोरी गर्दै हिँड्ने दुई महिला अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन्। पक्राउ परेका दुवै महिला पाकिस्तानी नागरिक भएको खुलासा भएको छ।
प्रहरीका अनुसार, बुटवलको योगिकुटीस्थित भैरव सुनचाँदी पसलबाट करिब डेढ तोलाको सुनको सिक्री चोरी गरेर फरार भएका उनीहरू कपिलवस्तु पुगेका थिए। त्यहाँ पनि उनीहरूले उस्तै शैलीमा चोरी दोहोर्याए।
मंगलबार साँझ करिब साढे ५ बजे चन्द्रौटा स्थित सुन पसलमा सुन किन्ने बहानामा पुगेका उनीहरूले गहना हेर्ने क्रममा चोरी गरेको दृश्य सीसीटीभी फुटेजमा स्पष्ट देखिएको छ।
प्रहरी अनुसन्धान अनुसार, यी महिलाहरूले पहिले नगद देखाएर विश्वास जित्ने, त्यसपछि गहना हेर्ने क्रममा मौका मिलाएर चोरी गर्ने रणनीति अपनाउने गरेका थिए। चोरीपछि पसलबाट निस्कँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास समेत गरेका थिए।
पसल सञ्चालकले गहना हराएको थाहा पाएलगत्तै बजार क्षेत्रमा खोजी सुरु गरेका थिए। केही पर पुगेपछि उनीहरू फेला परे र तत्काल प्रहरीलाई खबर गरियो। त्यसपछि वडा प्रहरी कार्यालय चन्द्रौटा ले दुवै महिलालाई नियन्त्रणमा लियो।
पक्राउ परेका महिलामध्ये कलसुम र सहबाना नामका व्यक्तिहरूको साथबाट पाकिस्तानी पासपोर्ट बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले उनीहरू पेशेवर चोरी गिरोहसँग आबद्ध रहेको संकेत गरेको छ।
कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्य का अनुसार, “तीनै स्थानमा चोरी गर्ने महिला एउटै समूहका हुन् भन्ने कुरा सीसीटीभी फुटेजबाट पुष्टि भएको छ। पासपोर्टमा इमिग्रेसनको छाप देखिन्छ, उनीहरू भ्रमणका लागि नेपाल आएको देखिन्छ।”
हाल उनीहरूविरुद्ध चोरी तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यो गिरोहको अन्य सदस्यको खोजी पनि तीव्र बनाएको छ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ बैशाख २ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्

