प्रेमिकाको हत्या गरी भागेका यादव करिब दुई बर्षदेखि फरार, न्यायको प्रतिक्षामा पीडित परिवार

२०८२ चैत २९ आइतबार
बेलुकी ५:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा एक युवतीको हत्या प्रकरणले अझै न्याय नपाएको अवस्था देखिएको छ। २२ वर्षीया अनु रायको हत्या मुद्दामा दोषी ठहर भइसकेका मन्दीपकुमार यादव अझैसम्म फरार रहँदा पीडित परिवार न्यायको प्रतीक्षामा छ।

जिल्ला अदालत महोत्तरीले यादवलाई जन्मकैदसँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिए पनि उनी हालसम्म प्रहरीको पहुँचबाहिर छन्। अनु र यादवबीच प्रेम सम्बन्ध रहेको बताइन्छ, तर यही सम्बन्ध अन्ततः दर्दनाक घटनामा परिणत भयो। ०८१ साल असोज २२ गते राति बर्दीबास–५ को टुटेश्वर जंगलमा अनुको हत्या भएको थियो।

घटनापछि पक्राउ परेका यादवलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा राखिएको थियो। तर, ‘जेन–जी आन्दोलन’ का क्रममा कारागारमा भएको अव्यवस्थाको फाइदा उठाउँदै उनी अन्य कैदीहरूसँगै भाग्न सफल भएका थिए। त्यसयता उनी फरार छन्।

पीडितका बुबा रामविनेश रायले छोरीको हत्यारा अझै स्वतन्त्र रूपमा हिँडिरहँदा आफूहरूलाई न्याय नपुगेको गुनासो गरेका छन्। उनले सम्बन्धित निकायलाई यादवलाई तत्काल पक्राउ गरी कानुनी सजाय कार्यान्वयन गराउन आग्रह गरेका छन्।

यता प्रहरीले भने फरार अभियुक्तहरूको खोजीलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कारागारबाट भागेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान जारी छ र धेरैलाई नियन्त्रणमा पनि लिइएको छ। तर, मुख्य अभियुक्त यादव भने अझै प्रहरीको जालोबाट बाहिरै छन्।

यो घटनाले कारागार सुरक्षा, आन्दोलनका क्रममा हुने व्यवस्थापन र न्याय प्रक्रियामा पर्ने असरबारे गम्भीर बहस जन्माएको छ।

 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

झण्डै ९ बर्षपछि ट्रयाकमा फर्किदैँ कमला नपा, योजना छनौटका लागि पहिलो पटक सार्वजनिक अपिल

  • २०८२ चैत २९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको संरचनापछि कमला नगरपालिका पहिलो पटक जनहितकारी ट्रयाकमा देखिएको छ । आगामी आर्थिक बर्ष चालु हुन ३ महिना मात्र बाँकी रहँदा चालु आर्थिक बर्षको लागि

पूरा पढ्नुहोस्

Bureau Menus