५ बर्षमा देशको गरिबी १० प्रतिशतमा झार्छौः प्रधानमन्त्री बालेन

२०८३ बैशाख १ मंगलबार
रति ८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  सरकारले आगामी पाँच वर्षभित्र मुलुकको गरिबी दर आधामा झार्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। हाल २०।२७ प्रतिशत रहेको गरिबी दरलाई पाँच वर्षभित्र घटाएर १० प्रतिशतमा पुर्‍याउने प्रतिबद्धता गरिएको हो।

छ प्रमुख राजनीतिक दलहरूको घोषणापत्रलाई आधार मानेर तयार पारिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित तथा पूरक विकासको मोडल अवलम्बन गर्दै आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्ने उल्लेख छ। सोही रणनीतिमार्फत बहुआयामिक गरिबी घटाइने सरकारको दाबी छ।

प्रतिबद्धता पत्रअनुसार आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ। साथै, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने र कुल गार्हस्थ्य उत्पादनलाई १०० अर्ब डलर नजिक पुर्‍याउने योजना पनि अघि सारिएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८३ बैशाख १ मंगलबार

Bureau Menus