न्यूज ब्यूरो, कैलाली । मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार दुवै बालकको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल मा मृत्यु भएको हो। उनीहरू सहोदर दाजुभाइ हुन्।
उक्त घटनामा मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार पनि बिरामी परेका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएपछि परिवारका चारै जना बिरामी परेका थिए। घटना बिहीबारको भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो।
प्रारम्भिक अनुसन्धानमा मरेको कुखुराको मासु सेवनका कारण घटना भएको आशंका गरिएको छ। यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।
उनीहरूले उक्त कुखुराको मासु स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट ल्याएको खुलेको प्रहरीले जनाएको छ। फार्म सञ्चालक मंगल साउँद इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०८३ बैशाख ५ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्






