Close This

प्रधानमन्त्री बालेनलाई अपहेलना मुद्दामा वारेश राख्न पाउने सुविधा

२०८३ बैशाख ४ शुक्रबार
बेलुकी ७:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ ।

न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।

अब मुद्दाको तारेखको दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस गएर पनि तारिख लिन पाउनेछन् । यसअघि सर्वोच्च अदालतले शाहलाई यस्तो सुविधा दिएको थिएन ।

तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यो आदेशलगत्तै तत्कालीन मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८३ बैशाख ४ शुक्रबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus