न्यूज ब्यूरो, जनकपुरधाम । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध स्पष्ट सन्देशसहित दाइजोमुक्त विवाहलाई प्रोत्साहन गर्न सबैमा आग्रह गरेकी छन् ।
पछिल्लो समय आफूले प्राप्त गरेका अधिकांश विवाह निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने उल्लेख नभएकोप्रति चिन्ता व्यक्त गर्दै उनले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताइन्।
उनका अनुसार दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने उनको भनाइ छ।
उपसभामुख ठाकुरले समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै सानो प्रयासले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने बताए। सोही सन्दर्भमा उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने स्पष्ट पारेकी हुन ।
उनले विवाह आयोजकहरूलाई निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न आग्रह गरेकी छिन्। साथै, समानता र सुसंस्कृत परम्परामा आधारित विवाह संस्कारलाई प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेकी हुन् ।
उपसभामुख ठाकुरले दाइजोमुक्त समाज निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको बताउँदै यस अभियानमा सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन् ।
बँगलादेशबाट मलेसियातर्फ जाँदै गरेको डुंगा अण्डमान सागरमा दुर्घटना, २५० रोहिँग्या बँगलादेशी बेपत्ता
- २०८३ बैशाख ३ बिहीबार
न्यूज ब्यूरो । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार
पूरा पढ्नुहोस्


