Close This

'मन्त्रीलाई सुनै सुन, जनतालाई छैन नुन' भन्दै माइतीघरमा सरकारको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

२०८३ बैशाख ३ बिहीबार
बेलुकी ६:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले महँगी, कालाबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै विभिन्न नारासहित प्लेकार्ड बोकेका थिए । “बाँच्न दे सरकार”, “मन्त्रीहरूको सुनै सुन, जनतालाई छैन खाने नुन”, “घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन” जस्ता नाराहरू प्रदर्शनमा उठाइएका थिए ।

उनीहरूले पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर खारेज गर्न र मूल्यवृद्धि समायोजन गर्न सरकारसँग माग गरेका छन् । साथै, महँगी नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्ने उनीहरूको जोड थियो ।

प्रदर्शनलाई प्रतीकात्मक बनाउन सहभागीहरूले भान्सामा प्रयोग हुने कराही, डाडुपन्युँ लगायतका सामग्री पनि बोकेका थिए, जसले दैनिक जीवनमा मूल्यवृद्धिको असर देखाउने प्रयास गरेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ बैशाख ३ बिहीबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus