Close This

विदेशमा आतंकवादको ढोका र कट्टरपन्थी घोषित 'तब्लिगी जमात' मधेशमा सक्रिय, सम्प्रादायिक घटना बढने चिन्ता

२०८३ बैशाख ५ शनिबार
बिहान ०८:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका बारा र धनुषा जिल्ला यतिबेला तब्लिगी जमातको ‘इस्तेमा’लाई लिएर सुरक्षा चासोको केन्द्र बनेका छन्। 

बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १८, ग्राम वरपुर बलुवामा वैशाख १२, १३ र १४ गते आयोजना हुन लागेको ठूलो धार्मिक भेला नजिकिँदै जाँदा यसको प्रभाव अहिले जनकपुरधाम सम्म फैलिएको छ, जहाँ पनि यस्तै प्रकृतिको कार्यक्रम गर्ने तयारी भइरहेको सूचना बाहिरिएको छ।

‘इस्तेमा’ अरबी भाषाको शब्द हो, जसको अर्थ भेला हुनु हो, भने ‘तब्लिगी’ शब्दको अर्थ धार्मिक सन्देशको प्रचार–प्रसार हो। तर यसपटकको इस्तेमा केवल धार्मिक कार्यक्रमका रूपमा मात्र सीमित नरही सुरक्षा र कूटनीतिक चासोसँग जोडिएको विषय बनेको छ। स्रोतहरूका अनुसार, नेपाल र भारतबाहेक पाकिस्तान र बंगलादेशबाट समेत सहभागी आउने तयारी भइरहेको छ। यही विषयले अहिले सुरक्षा निकायलाई सबैभन्दा बढी चिन्तित बनाएको छ। किनकि यस्ता देशहरूबाट आउने व्यक्तिहरूको पूर्वसूचना, पहिचान र उद्देश्य स्पष्ट नभएसम्म जोखिमलाई नकार्न सकिँदैन।

जिल्ला प्रशासन कार्यालय बाराले यस्ता कार्यक्रमका लागि अनिवार्य अनुमति प्रक्रिया रहेको स्पष्ट पारेका छन्। ठूलो संख्यामा मानिस भेला हुने कुनै पनि कार्यक्रमका लागि आयोजकले उद्देश्य, सहभागी संख्या, स्थान र समयसहित औपचारिक निवेदन दिनुपर्छ। अझ विदेशी नागरिक सहभागी हुने भए गृह मन्त्रालय नेपाल बाट स्वीकृति लिनुपर्ने प्रावधान छ। बारा प्रशासनले भेलाको अनुमति समेत प्रदान गरी शान्ती सुरक्षा प्रदानको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सुरक्षा संयन्त्र पनि पूर्ण रूपमा सक्रिय देखिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ले बारा क्षेत्रमा निगरानी बढाइसकेका छन्। खुला सिमानाका कारण भारत हुँदै तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गर्न सक्ने भएकाले सीमा क्षेत्रमा विशेष चेकजाँच र ट्र्याकिङ सुरु गरिएको छ। सुरक्षा स्रोतका अनुसार, आवश्यक परे अन्य जिल्लाहरुलाई समेत ‘हाई अलर्ट’ क्षेत्रमा राखिने तयारी छ।

यस विषयलाई अझ संवेदनशील बनाउने अर्को पाटो विगतको अनुभव पनि हो। सप्तरीको बोदेबरसाइन नगरपालिका–५ मा २०७६ सालमा आयोजना गरिएको ठूलो इस्तेमामा करिब २ लाखभन्दा बढी मानिस सहभागी भएका थिए। त्यो बेला विदेशी सहभागितामाथि रोक लगाइएको थियो र कडा सुरक्षा व्यवस्थाका बीच कार्यक्रम सम्पन्न गरिएको थियो। तर त्यसपछि तराई–मधेश क्षेत्रमा साम्प्रदायिक तनाव र झडपका घटनाहरू बढेको विश्लेषण सुरक्षा वृत्तमा गरिन्छ। यही पृष्ठभूमिमा अहिले फेरि बारा र जनकपुरमा इस्तेमा हुन लाग्दा सम्भावित असरबारे चिन्ता व्यक्त गरिएको छ।

त्यसैबीच, पछिल्लो समय भारतको बिहार र पश्चिम बंगालमा मतदाता प्रमाणीकरणका क्रममा ठूलो संख्यामा बंगलादेशीहरूको अवैध बसोबास फेला परेको विषय पनि जोडिएको छ। खुला सिमानाको फाइदा उठाउँदै यस्ता व्यक्तिहरू नेपाल प्रवेश गर्न सक्ने आशंका व्यक्त हुँदै आएको छ। पर्सादेखि झापासम्म विभिन्न स्थानमा सर्वसाधारणले घुसपैठ रोक्ने प्रयास गरेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसले जनस्तरमै चिन्ता बढेको देखाउँछ।

तब्लिगी जमातको गतिविधि स्वयं पनि विवादमुक्त छैन। यो समूहले आफूलाई इस्लामको आधारभूत सन्देश फैलाउने शान्तिपूर्ण धार्मिक अभियानका रूपमा प्रस्तुत गरे पनि रूस, इरान, उज्बेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान र साउदी अरेबिया जस्ता देशहरूले यसलाई प्रतिबन्धित गरिसकेका छन्। सन् २००९ देखि रूसमा प्रतिबन्ध लागु भएको छ भने साउदी अरेबियाले सन् २०२१ मा यसलाई “समाजका लागि खतरा” भन्दै चेतावनी दिएको थियो। यस्ता अन्तर्राष्ट्रिय सन्दर्भले पनि नेपालमा यसको गतिविधिमाथि निगरानी बढाउनुपर्ने आवाज बलियो बनेको छ।

नेपालमा भने सन् १९८५ मा इस्लामी संघ नेपालको स्थापना भएसँगै तब्लिगी गतिविधि विस्तार हुँदै आएको पाइन्छ। विभिन्न जमातहरू वर्षेनि नेपाल आएर करिब दुई महिनासम्म बस्ने, मस्जिद र मदरसामा बसोबास गर्ने र धर्म प्रचार गर्ने अभ्यास रहेको बताइन्छ। पछिल्लो जानकारीअनुसार बंगलादेशबाट ८ सदस्यीय टोली नेपाल आइपुगेको छ भने पाकिस्तान र भारतबाट पनि थप समूह आउने तयारीमा छन्।

तब्लिगी जमात प्रशासनका लागि अहिले सबैभन्दा ठूलो चुनौती धार्मिक स्वतन्त्रता कायम राख्दै सामाजिक सद्भाव र शान्ति जोगाउनु बनेको छ।

मधेशका जिल्लाहरुमा हुने इस्तेमा नियमनभित्र बसेर शान्तिपूर्ण रूपमा सम्पन्न हुनेछ, वा यसले मधेश प्रदेशको संवेदनशील सामाजिक वातावरणलाई फेरि तातो बनाउनेछ प्रशासन, सुरक्षा निकाय र सर्वसाधारण सबैको नजर अब यही विषयमा केन्द्रित भएको छ।

 

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%
  • 50%

सबै सरकारी अस्पतालहरुमा डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने

  • २०८३ बैशाख ५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  स्वास्थ्यमन्त्री निशा मेहताले सवै सरकारी अस्पतालहरुमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताउनुभएको छ । आइतबार काठमाडौंको बीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरुको

पूरा पढ्नुहोस्

Bureau Menus