Close This

नेपाल भारत बोर्डरमा लगाइएको भन्सार हटाउनुपर्छः जसपा नेपाल

२०८३ बैशाख ५ शनिबार
बेलुकी ६:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा सामान भन्सार सम्बन्धी नयाँ व्यवस्थालाई लिएर जनता समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ।
पार्टीका संरक्षक महन्थ ठाकुर ले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीचको ऐतिहासिक र परम्परागत सम्बन्धलाई ध्यानमा राख्दै सरकारको निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

विज्ञप्तिमा नेपाल र भारत बीचको मित्रता सम्बन्ध प्राचीनकालदेखि नै आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा गहिरो रूपमा जोडिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको दिनानुदिनको जीवनयापनसँग सम्बन्धित किन मेलमा लगाइएको १०० को सीमा लगायत अन्य सामाजिक सांस्कृतिक, धार्मिक सम्बन्धमा खटास र नागरिकको दैनिक जीवनमा असर पर्ने कानुनी व्यवस्थाहरू यथा शीघ्र खारेजी गरी पुनः पहिलेको झैँ रीतिथिति कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

हाल नेपाल सरकारले सीमावर्ती क्षेत्रमा भारतबाट आउने व्यक्तिहरूले १०० रुपैयाँसम्मको सामान मात्रै भन्सार नतिरी ल्याउन पाउने व्यवस्था लागू गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ बैशाख ५ शनिबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus