जनकपुरः मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यू, ८ महिने शिशुसहित तीन घाईते !

२०८३ बैशाख ९ बुधबार
बिहान ०९:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलले मङ्गलबार राति करिब ८ बजे पैदल हिँडिरहेकी मथिला नगरपालिका–६, ढल्केबरकी ३१ वर्षीया बिनिताकुमारी महतोको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । 

ठक्करबाट मृतक महिलाको आठ महिनाको काँखे बालिका र १६ वर्षीया अनुष्काकुमारी महतोसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बलमे जानकारी दिए । उनले मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएको बताए । 

घाइते तीनै जनाको ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र

  • २०८३ बैशाख ९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम

पूरा पढ्नुहोस्

Bureau Menus