जनकपुरमा दानव

जनकपुरमा मानवता शर्मसार पार्ने क्रुर घटनाः किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था नाजुक !

२०८३ बैशाख १० बिहीबार
बिहान ०७:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रभित्र एउटा क्रुर घटना बाहिर आएको छ । धनुषाकी एक दलित किशोरीलाई ७ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको घटना बाहिरएको छ । 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ की एक किशोरीलाई बन्धक बनाएर क्रुर तथा दानवीय तवरले बलात्कार गरेको घटनाको रहस्योदघाटन भ्एको छ । 

गत साता आफ्नै घरमा रहेकी गरिब परिवारकी ति किशोरीलाई स्थानीय खुसबु देवी नामक महिलाले फकाएर खेतमा लगेको आरोप उनको बुवाआमाको छ । साँझको बेला खेतमा बोलाएर भुँसा कस्न जाने भन्दै खुसबुले नै रकमको प्रलोभनमा छोरीलाई हैवानको जिम्मा लगाएको पीडा पोखेका छन् । 

सोही टोल बस्ने स्थानीय उदय भन्ने जयराम महतोले बालिकालाई एक सातसम्म बन्धक बनाएर बलात्कार गरेको खुलेको हो । सुरुमा गाउँकै बसनियाँ खोलामा लगेर निर्ममता ढँगले बलात्कार गरेपछि उनलाई रगतको लतपतले नै जनकपुर लगेको बताईन्छ । जयरामले किशोरीलाई प्रलोभनमा पारी बलात्का गरेको आमाुबुवाको आरोप छ । 

मात्र १४ बर्षकी ति किशोरीले पीडा सहन नसकी चिच्याएपछि खुसबुले मदत गरेर जनकपुरसम्म पुरयाएको आरोप छ । जनकपुरको पीडारीमा ४ दिनसम्म एक डेरामा बन्धक बनाएर बलात्कार गरी अचेत अवस्थामा राखेको बताईएको छ । घरमुली (घरपट्टि)ले थाहा पाएपछि प्रहरी बोलाएर उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रवक्ता गणेश बहादुर बमका अनुसार, घरपट्टिले दिएको जानकारी अनुसार तत्कालै गएको प्रहरीले किशोरीलाई अचेत अवस्थामा फेला पारेको थियो । उनको मानसिक स्थिति समान्य छैनन् । किशोरीको यौनाँगमा कैयाँ टाँका लगाइएको परिवारजनले बताएको छ । अझै बोल्न नसक्ने अवस्थामा रहेकी ति किशोरीलाई विभिन्न औषधी खुवाएर, नशालु पदार्थहरु खुवाएर अचेत अवस्थाम दानवीय तवरले निरन्तर बलात्कर गरेको बताइएको छ । 

सुरुमा किशोरीलाई क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ को औरहा भन्ने गाउँमा ४ दिनसम्म आरोपित जयराम महतोले आफ्नो भिनाजु गँगा महतोको घरमा राखेको बताईएको छ । त्यसपछि उनको अवस्था बिग्रिन थालेपछि जनकपुर लगेको थियो । जनकपुरमा पनि उपचारको साटो घरमै बन्धक बनाएर क्रुर, अमानवीय तवरले बलात्कार गरेको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले बलात्कारको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । बालिकालाई अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था अझै नाजुक छ । उनी अचेत अवस्थामा छिन् ।  आरोपित जयराम महतो अहिले प्रहरी नियन्त्रणमा रहेको छ भने अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ । 

  • 0%
  • 2%
  • 3%
  • 2%
  • 5%
  • 83%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ बैशाख १० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus