जनकपुरमा गुठीको जग्गा अतिक्रमण हटाउने प्रस्ताव पारित, फिर्ता आउँला जानकीको जग्गा ?

२०८३ बैशाख ११ शुक्रबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गुठी संस्थान अन्तर्गतका जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि अतिक्रमण हटाउने लगायत आठ बुँदे प्रस्ताव पारित गरिएको छ। मधेश प्रदेश सरकारको उच्चस्तरीय बैठकले यी प्रस्तावहरू अनुमोदन गरेको हो।

गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो को अध्यक्षतामा बसेको बैठकले जनकपुरधाम क्षेत्रभित्र गुठीका जग्गामा देखिएको अतिक्रमण हटाउने, स्थानीय तहसँग समन्वय गरी फुटपाथ तथा सार्वजनिक स्थलमा बनेका अनाधिकृत संरचना हटाउने निर्णय गरेको छ।

बैठकले मधेश भवनको सुरक्षा र सरसफाइ व्यवस्थापन सुदृढ बनाउने तथा भवनभित्रको कर्मचारी आवास क्षेत्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्तिलाई हटाउने निर्णयसमेत गरेको छ। त्यस्तै नेपाल–भारत सीमामा भइरहेका गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकायको सक्रियता बढाउने र समन्वय सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

जनकपुरधामको धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्दै परिक्रमा सडक क्षेत्रभित्र मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण निषेध गर्ने प्रस्ताव पारित भएको छ। साथै, सार्वजनिक स्थानमा डिजे बाजा बजाउन प्रतिबन्ध लगाउने र ध्वनि प्रदूषण नियन्त्रणमा कडाइ गर्ने निर्णय पनि गरिएको छ।

बैठकमा सहभागी सरोकारवालाहरूले प्रस्ताव कार्यान्वयनमा स्थानीय तहको भूमिका निर्णायक हुनेमा जोड दिएका छन्। तर विगतमा भएका यस्तै निर्णय स्थानीय तहमा कार्यान्वयनमा ढिलाइ हुने प्रवृत्ति दोहोरिन सक्ने भन्दै चिन्तासमेत व्यक्त गरिएको छ।

बैठकमा सुरक्षा निकाय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, गुठी संस्थान तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो। अतिक्रमण, सीमा सुरक्षा, लागुऔषध दुव्र्यसन र सार्वजनिक अनुशासनसँग सम्बन्धित समस्यालाई लक्षित गरी कडाइका साथ कार्यान्वयन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

बैठकले संघीय संसद, प्रदेश सरकार, स्थानीय तह, गुठी संस्थान, सुरक्षा निकाय तथा नागरिक समाजलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आह्वान गर्दै निर्णय कार्यान्वयनका लागि जनस्तरबाट समेत सहयोग र दबाब आवश्यक हुने उल्लेख गरेको छ।

 

  • 0%
  • 14%
  • 0%
  • 14%
  • 0%
  • 0%

रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा 

  • २०८३ बैशाख ११ शुक्रबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा

पूरा पढ्नुहोस्

Bureau Menus