न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा हिन्दु सम्राट सेनालाई 'मुस्लिम फोबिया' भएको भनेर टिकाटिप्पणी गरिएको छ । आउँदो चैत्त ७ गते जनकपुरधाममा आयोजना हुने भनिएको भोजपुरी महोत्सवमा भारतीय कलाकार मनि मेराजको कार्यक्रम हुन नदिने अडान राखेपछि उनीहरुमाथि मुस्लिम फोबियाको ट्याग लागेको हो ।
जनकपुरधाममा यसभन्दा अगाडी कैयौँ भारतीय कलाकार अभद्रता, अश्लिलता फैलाएर गएपनि चुईक्क नबोलेको हिन्दु सम्राट सेनाले मनि मेराज मुस्लिम समुदायबाट भएकै कारण उनको कार्यक्रम हुन नदिने अडानमा रहेको आयोजक समितिको भनाई छ ।
युटुब लगायत समाजिक सँजालमा भल्गर, अभद्र भाषा प्रयोग गरी कमेडी भिडियो बनाउने मनि मेराजको टीम यही चैत्त ७ गते जनकपुरधाममा हुने भोजपुरी महोत्सवमा आउने कार्यक्रम तय भएकोमा हिन्दु सम्राट सेनाले सो कार्यक्रम रद्द गर्न दबाब दिएको हो ।
हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवले भोजपुरी महोत्सवमा मनि मेराजको टिम बाहेक अन्य कार्यक्रम गराउन भनेको न्यूज ब्यूरोलाई बताए । उनले मनि मिराजको कार्यक्रम लगभग रद्द नै भएको पनि दाबी गरे । यद्यपी, आयोजकले भने मनि मिराजको कार्यक्रम अनिवार्य हुने बताएको हो । भैरव युवा कमिटी, आयोजक र हिन्दु सम्राट सेनाबीच बुधबार भएको छलफलमा मनि मिराजले अभद्रता प्रदर्शन नगर्ने प्रतिवद्धता जनाएपनि हिन्दु सम्राट सेनाका सदस्यहरुले उनलाई कार्यक्रम गर्न नदिने अडानमा रहेको बताईएको छ ।
जनकपुरधाममा गत बर्ष मात्र छाडापनको क्याटेगोरीमा पर्ने प्रिति पासवानको नाच, त्यो भन्दा अगाडी भोजपुरी कलाकारहरुको टीमले अभद्रता मच्चाएर गएको उदाहरण छ । दशैँ लगायत गणेश पूजासहित विभिन्न पूजाआजामा हुने भल्गर डान्स, भल्गर कार्यक्रम र भल्गर कलाकारहरुको कार्यक्रम चोरीलुकी हेर्ने हिन्दु सम्राट सेनाले मनि मेराजलाई समुदायकै कारण कार्यक्रम गर्न नदिने अडानमा रहेको बुझिएको छ ।
यता, हिन्दु सम्राट सेनाले मनि मिराजको टिमले भिडियोमा अभद्र गाली गलौज, अभद्र भाषा प्रयोग गर्ने गरेको कारण मात्र उनलाई कार्यक्रममा सहभागी नगराउन आग्रह गरिएको बताएको हो । आयोजकले भने मनि मिराजको कार्यक्रममा अभद्रता प्रदर्शन नहुने जिम्मेवारी लिएको हो ।
जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ
- २०८० फाल्गुण २३ बुधबार
सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने
पूरा पढ्नुहोस्