अब गुगल सर्च गर्दा पैसा खर्च लाग्न सक्ने

२०८० चैत २५ आइतबार
बिहान ०९:२९ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी । अहिलेसम्म निःशुल्क सर्च हुँदै आएको विश्वसको सबभन्दा ठुलो सर्च इन्जिनी गुगलमा पैसा खर्च गर्नुपर्ने हुन सक्ने समाचारहरु बाहिरिएको छ । 

द फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार गुगलले आफ्नो सर्च इन्जिनमा एआई टेक्नोलोजी ल्याउन लागेको छ । जसपछि प्रयोगकर्ताले गुगल सर्च गर्न पनि पैसा खर्च गर्नुपर्ने हुनसक्छ ।

एआई जेनेरेटिव गुगल सर्चको फिचर कम्पनीको गुगल वन सब्सक्रिप्शन प्लानमा थप्न सकिन्छ। तर, गुगल सर्चमा कुनै पनि कुरा खोजी गर्दा एआई सुविधा प्रयोग नगरी पनि निः शुल्क रहन सकिने एक रिपोर्टले जनाएको छ । 

अहिले सम्म तपाईले गुगलमा कुनै पनि कुरा खोज्नुभयो भने त्यसको लागि पैसा खर्च गर्नुपर्दैन तर कहिलेकाहीँ तपाईको सर्च रिजल्टसँगै विभिन्न कम्पनी र उनीहरुका उत्पादनहरुको विज्ञापन पनि देखिन्छ । धेरै प्रयोगकर्ताहरू यी गुगलका विज्ञापनहरू हेर्न चाहँदैनन् तर अझै पनि उनीहरूले तिनीहरूलाई हेर्नै पर्छ । किनभने गुगलले ती विज्ञापनहरू मार्फत आफ्नो राजस्व कमाउँछ।

यस्तो अवस्थामा गुगल एआई सर्च सुरु भएपछि गुगलले यो सशुल्क सेवामा कुनै विज्ञापन नदेखाउन सक्ने सम्भावना छ । यद्यपि गुगलले एआई गुगल सर्च र यसका लागि लाग्ने शुल्कको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन।

  • 0%
  • 63%
  • 0%
  • 0%
  • 0%
  • 38%

Bureau Menus