जिल्ला अदालत पर्साका तामेलदारकै दोहोरो नागरिकता !

२०८१ बैशाख ६ बिहीबार
बिहान ०७:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्ला अदालतमा कार्यरत एक तामेलदारको दोहोरा नागरिकता रहेको प्रमाण फेला परेको छ । उनको परिवारको सबै सदस्यको दोहोरो नागरिकता रहेको प्रमाण फेला परेको हो । 

जिल्ला अदालत पर्सामा तामेलदार पदमा कार्यरत पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ (हाल वीरगँज महानगरपालिका वडा नं. १४ राजगढ) बस्ने श्रीनिवास चौहान (नागरिकता नम्बर ८८७०१४०२) को नेपालसहित भारतको समेत नागरिक रहेको प्रमाण फेला परेको हो । 

बर्षौदेखि जिल्ला अदालत पर्सामा कार्यरत चौहान प्रशासनलाई मिलाएर भारतमा समेत मत खसाउँदै आएका हुन् । उनले भारतको आधारकार्ड, निर्वाचनको लागि भोटर कार्ड समेत बनाएको देखिएको छ । 

उनको नेपाली नागरिकतामा श्रीनिवास चौहान नाम उल्लेख छ भने भारतीय भोटर कार्डमा श्री निवास प्रसाद नाम उल्लेख गरिएको छ । श्रीनिवासको श्रीमति हेमलत्ता देवीको समेत दोहोरो नागरिकता प्राप्त रहेको देखिएको छ । श्रीनिवासको भारतीय निर्वाचन आयोगमा क्रम सँख्या २३४ मा UMN02940 नम्बर रहेको छ भने उनको श्रीमति हेमलताको क्रम सँख्या २३२ मा BR/01/004/058808 नम्बर रहेको छ । नेपालको निर्वाचन आयोग प्रणालीमा हेमलत्ताको नाम हेमा चौहान लेखिएको देखिएको छ । 

उनका छोराहरु धीरज चौहान र नीरज चौहानले समेत दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ । भारतीय निर्वाचन आयोगमा समेत मतदाता रहेको धीरज र निरजले नेपालको निर्वाचन प्रक्रियामा समेत भाग लिँदै आएका हुन् । धीरज चौहानले नेपाली नागरिकतामा राजा चौहान भनेर नाम लेखाएका छन् । बुवा श्रीनिवास प्रसाद चौहान र आमा हेमा देवी चौहान समेत उल्लेख गरिएको धीरज चौहानको नागरिकतामा नाम परिवर्तन गरी राजा चौहान उल्लेख गराएका हुन् । 

२०८० साल असोज ०१ गतेमा जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारी विनय कुमार श्रीवास्तले हस्ताक्षर गरेको देखिएको छ । यद्यपी उनले वैवाहिक अँगिकृतको नागरिकता प्राप्त गरेको उल्लेख छ । यद्यपी, धीरज र नीरजको भारतीय आधारकार्ड बाहेक भारतीय निर्वाचन आयोगमा नाम भने फेला पर्न सकेको छैनन । उनीहरुले समेत मत खसाउँदै आएको बुझिएको छ । 

धीरज चौहानले प्राप्त गरेको नेपाली राहदानीमा नाम धीरज चौहान र जन्ममिति २०५५ साल पुस १५ गते उल्लेख भएपनि राज चौहानको नामबाट लिएको नागरिकतामा जन्ममिति २०६० साल भदौ १० गते उल्लेख गरिएको छ । 

दोहोरो नागरिकताको सन्दर्भमा श्रीनिवास प्रसाद चौहानको सम्पर्क नम्बर ९८०७१***२५ मा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 13%

100's Group ले मटिहानीका अग्नी पीडितहरुलाई भोलीदेखि एक सातासम्म खाना खुवाउने

  • २०८१ बैशाख ६ बिहीबार

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको मटिहानीमा भएको भिषण आगलागीपछि खाना, वास, कपासको आवश्यकता अनुसार १०० ग्रुपले दैनिक खाना खुवाउने भएको छ ।  सरकारबाट उचित व्यवस्थापन नभएसम्म समाजिक कार्यमा सदैव कार्यरत १००

पूरा पढ्नुहोस्

Bureau Menus