धनुषाको नयाँ एसपीमा तिवारी आएपछि १० दिनमै तीन हत्या

२०८१ बैशाख ६ बिहीबार
बेलुकी ६:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा नयाँ प्रहरी प्रमुखमा भुवनेश्वर तिवारी आएको १० दिनमा तीन हत्याको घटना भएको छ । 

गत चैत्त २६ गते मात्र धनुषा आएका नयाँ प्रहरी उपरीक्षक तिवारीले कार्यभार सम्हालैकै दिनदेखि हत्याको श्रृँखला सुरु भएको हो । चैत्त २६ गते कार्यभार सम्हालेपछि केही घण्टामै जनकपुरको विश्वकर्माचोकस्थित दिनदहाडै एक युवकलाई छुरा हानेर हत्या गरियो । 

यस्तै, धनुषामा आफ्नै बुवाको श्राद्धमा गएकी एक महिलाको उनकै माईतीस्थित घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरियो । यो घटना २०८१ बैशाख २ गतेको रहेको छ । दिनदहाडै हत्या गरिएको घटनाको एक साता नबित्दै महिलाको हत्या भयो । 

नयां बर्ष २०८१ को पहिलो सांझ बुबा देवनारायण मण्डलको मृत्यू उपरान्तको विधि अनुसार नवौ दिनको नौकेशको भोज रहेको समयमा उनी बाहिर निस्केकी थिइन् । भोज आरम्भ हुनु अगावै शुभलाई कसैले नदेखेपछी खोजबिन सुरु गरिएको थियो ।  रातभरी खोजबिन चलिरह्यो बल्ल आइतबार बिहान ८ बजे रुखमा पानी हाल्न पुगेको एक स्थानियले देखेपछी प्रहरीलाई खवर गरिएको थियो । 

सोही क्रममा गएराती करिब ९ बजेको समयमा जनकपुरधामस्थित एक महिला र बालिकालाई जिउँदै जलाएर हत्या गरिएको हो । बुधबार राती ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर र पुलचोककोबीचमा एक महिला र बालिकालाई जलाइएको हो । 

यसरी, धनुषाको नयाँ एसपी भएर आएका तिवारीको १० दिने कार्यकालमा तीन तीन हत्याको घटना भएपछि उनको कार्य सम्पादनमा प्रश्न तेर्सिएको हो । यद्यपी, ती घटनाहरुमा नयाँ एसपीको नयाँ कमाण्डले पुरानो भन्दा अधिक सक्रियता देखाएको हो । 

विश्वकर्माचोकमा भएको हत्याको केही घण्टामै आरोपितलाई पक्राउ गर्न सफल भयो भने महिलाको हत्यामा समेत लगभग आरोपित पक्राउको नजिक रहेको बताईएको छ । बुधबार राती जलाएर मारिएको महिलाको प्रकरणमा समेत आरोपित पहिचान भईसकेको भन्दै छिटट्ै पक्राउ पर्ने बताईएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ बैशाख ६ बिहीबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus