फेसबुक बन्द गर्ने निर्णयपछि META सरकाको सम्पर्कमा, दर्ता हुन माग्यो फाराम !

२०८२ भदौ १९ बिहीबार
बेलुकी ७:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातबारे विवरण मागेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्री रेणुका गुरुङका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत् सो बारे जानकारी लिएका हुन्।

“पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई दर्ता प्रक्रियाका लागि आवश्यक कागजातबारे सोध्दै इमेल गर्नुभएको रहेछ,” उनले भने, “हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातहरूको विवरण पठाएका छौं।”

सरकारले चरणबद्ध रूपमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ। यससँगै सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सेवा प्रदायकहरूबीच चहलपहल बढेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशनसमेत दिइसकेको छ।

 

  • 0%
  • 23%
  • 0%
  • 0%
  • 76%
  • 0%

अबुधाबी, असोज ३० । संयुक्त अरब इमिरेट्स (यूएई) का भारतीय पाठ्यक्रमअनुसार सञ्चालन भइरहेका विद्यालयहरूले दीपावली पर्वको अवसरमा चार दिने बिदा घोषणा गरेका छन्। खलीज टाइम्सका अनुसार, बिदा अक्टोबर १७ (शुक्रबार) देखि

पूरा पढ्नुहोस्

Bureau Menus