'मधेशीलाई फँसाउने षडयन्त्र हो गौर हत्या काण्ड'

२०८२ भदौ २१ शनिबार
बिहान ०९:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारलाई निसाना बनाउँदै संघीय लोकतान्त्रिक मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान नै चलाएको छ । जनकपुरधाममा शुक्रबार आयोजित वर्तमान राजनीतिक अवस्था– जागरण अभियानमा मोर्चाका नेताहरूले भूमि विधेयक र गौर हत्याकाण्डको मुद्दा उचालेर मधेशीलाई फसाउन खोजेको भन्दै ओली नेतृत्वको सरकारको कडा आलोचना गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस– एमाले गठबन्धन सरकारलाई निकम्मा र नालायकीपनको संज्ञा दिए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको दाबीसमेत गरे । उनले भने, ‘कांग्रेस कहिल्यै गणतन्त्रको पक्षमा थिएन ।

नेपालमा वास्तविक कम्युनिस्ट पनि छैनन्, कम्युनिस्टको नाममा अवसरवादीहरू जम्मा भएका छन्, जसले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेका छन् ।’ प्रदेशमा सरकार बने पनि अधिकार र कानुनको अभावमा काम गर्न नसकेको अध्यक्ष यादवले बताए । कांग्रेस–एमालेले वर्तमान सरकार बलियो रहेको दाबी गर्दै आएकोतर्फ लक्षित गर्दै यादवले सरकार बलियो भएको अनुभूति जनतामा हुन नसकेको उनले जिकिर गरे । अध्यक्ष यादवले भने, ‘यदि यो सरकार बलियो छ भने किसानलाई मल किन छैन ? सरकारी विद्यालयमा शिक्षा किन छैन ? सरकारी अस्पतालमा गरिबको उपचार किन छैन ? बेरोजगारी किन हटेको छैन ?’ सरकारले सुशासन होइन, कुशासन दिएको उनको आरोप थियो ।

उनले मधेश केन्द्रित दलहरुले विगतमा गरेको कमी कमजोरीको समीक्षा र विश्लेषण गर्दै अघि बढ्नु विकल्प आफूहरुसंग नरहेको बताए । उनले विचारमा एक रहेको दलहरुलाई मोर्चाभन्दा माथि उठेर एउटै झण्डा एउटै ब्यानरमा आउन आह्वान समेत गरे । सरकारले ल्याएको भूमि विधेयक मधेशलाई कमजोर पार्ने षडयन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले अहिले नलडे भविष्य झन भयावह हुने चेतावनी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शासक वर्गको अन्धराष्ट्रवाद विरुद्ध पहिचानवादी शक्तिहरुको एकजुटतालाई ध्यानमा राखेर मोर्चाको गठन भएको बताए । मधेशलाई समाप्त पार्न शासक वर्ग यहाँको भाषा र संस्कृतिमाथि निरन्तर प्रहार गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भूमि विधेयकको नाममा मधेशलाई मधेशमै कमजोर पार्ने षडन्त्र गरि रहेको बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८२ भदौ २१ शनिबार

Bureau Menus