
न्यूज ब्यूरो, जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा जलाइएका जनकपुरधाम उपमहानगरपालिका र भन्सार कार्यालय जनकपुरमा एमाले नेतृ जुली महतो (महासेठ) सहित विभिन्न दलका नेताहरुले नीरिक्षण गरेका छन् ।
आईतबार नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र नीधिले समेत उपमहानगर र भन्सार कार्यालयको नीरिक्षण गरेका थिए । सो क्रममा नेतृ महतोले जनकपुरधाम उपमहानगर र भन्सार कार्यालय पुगी जेनजीको नाममा घुसपैठ गरी सरकारी र नीजि सम्पत्ति जलाएको बताइन् ।
नीरिक्षणको क्रममा नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नं. २ का तत्कालिन साँसद रामकृष्ण यादव, मधेश प्रदेशका साँसद रामअशिष यादवसहितका नेताहरुले सँयुक्त रुपमा नीरिक्षण गरेका हुन् ।
नेतृ महतोले नीरिक्षणको क्रममा नीजि सम्पतिमा समेत आगजनी र तोडफोड गर्नको लागि विभिन्न पार्टीका कार्यकर्ताहरुको घुसपैठ भएको बताइन् । उनले सरकारी सार्वजनिक सम्पति जलाएको प्रति दुःख प्रकट गरिन ।
एकै साथ तीन एआइजीको गीतमा सन्तोष राजको संगीत
- २०८२ असोज १३ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली, भोजपुरी तथा मैथिली गीत–संगीत क्षेत्रमा कार्य गर्दै आएका संगीतकार सन्तोष राज सहनीले एकैपटक तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का गीतमा संगीत भर्ने भएका छन्। नेपाल
पूरा पढ्नुहोस्