मिथिला नगरपालिकामा तलब भत्ता माग्दै शिक्षकहरु अनिश्चितकालिन धर्नामा

२०८२ असोज २७ सोमबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको मिथिला नगरपालिकाकामा शिक्षकहरुले तलब भत्ता माग गर्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।

शिक्षकहरु मिथिला नगरपालिकाको कार्यालय परिसरमै बसेर धर्नामा बसेका छन् । शिक्षक आन्दोलन परिचालन समित मिथिलाका संयोजक रामप्रसाद खरेलले तलब भत्ताको रकम खातामा जम्मा नभएसम्म धर्ना कार्यक्रम जारी रहने जानकारी दिए । उनका अनुसार पटकपटक तलब भत्ता माग गर्दा पनि नगरपालिकाले कुनै ध्यान नदिएकाले अन्ततः बाध्य भएर धर्ना बस्नुपरेको छ । उनले भने, ‘दशैँ–तिहार जस्ता चाडपर्वमा पनि तलब नपाउँदा हामीहरू आर्थिक संकटमा परेका छौँ ।

संघीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबीचको आन्तरिक मतभेदका कारण रोकिएको हो । शिक्षकको तलब तुरुन्त निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गरे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ असोज २७ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus