Close This

हिन्दुहरुले आज यमपञ्चक अन्तर्गत गोबद्र्धन पूजा मनाउँदै

२०८२ कार्तिक ६ बुधबार
बिहान ०९:३९ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले हिजो नै गाइको पूजा गरेका छन् । यस्तै आज नै गोरु, किसान र हलोको पनि पूजा गरिँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।

गोरुलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने तथा वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८२ कार्तिक ६ बुधबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus