Close This

नयाँ सरकारमा सिरहाका बब्लु गुप्तासहित यी चार जना मन्त्री फिक्स, आजै सपथ ग्रहणको तयारी 

२०८२ कार्तिक १० आइतबार
बिहान ०९:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले चार जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् । राष्ट्रपति कार्यालयमा आजै शपथ ग्रहण कार्यक्रमको तयारी भइरहेको स्रोतले जनाएको छ ।

नयाँ मन्त्री बन्ने निश्चित भएकामध्ये डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार चारै मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको र शपथ ग्रहण आजै हुने तयारी भइरहेको छ ।

‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ, आजै शपथ ग्रहण कार्यक्रम हुने तयारी छ,’ स्रोतले न्यूजब्युरो नेपाललाई जानकारी दियो ।

राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमै सार्वजनिक गर्ने जनाएको छ ।

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा एक व्यापारी आफ्नै पसलमा मृत फेला

  • २०८२ कार्तिक १० आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक व्यापारी आफ्नै पसलमा मृत फेला परेका छन् । मँगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकस्थित रहेको एक पसलमा मृत अवस्थामा फेला परेका हुन्

पूरा पढ्नुहोस्

Bureau Menus