Close This

मधेशमा जातीवादकै कारण धर्ममाथि प्रहार हुँदैछ, छठको घटना जातीवादको प्रतिबिम्बः हिन्दु सम्राट नेपाल 

२०८२ कार्तिक १३ बुधबार
बिहान ०८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्म संगठन भनिएका हिन्दु सम्राट नेपाल नामक सँस्थाका अध्यक्ष राजेश यादवले मधेशमा जातीवादको कारण धर्ममाथि प्रहार भईरहेको बताएका छन् । 

जातीवाद चरम उत्कर्षमा पुगेपछि हिन्दु धर्मलाई लक्षित गर्ने गरेको उनले बताए । उनले छठमा सर्लाहीमा भएको छुट्टाछुट्टै छुवाछुतको घटनालाई बेधर्मीहरुले धर्मलाई लक्षितमा राखेको दाबी गरे । 

उनले सर्लाहीमा छठ पर्वमा भएको घटनाप्रति दुःख जनाउँदै यस्ता जातीवाद, नश्लिय, नीच सोँच र घृणास्पद रहेको बताए । यादवले भने, “हामी जातीवादका खिलाफ छौँ, जातपातलाई गरौँ विदाई, हिन्दु हिन्दु भाई भाई” को नारा लिएर अग्रसर रहेको सुनाए । 

सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ७ बैरियास्थित डोम समुदायकी महिलालाई घाट बाहिर गरेको घटना, रौतहटको राजपुरमा समेत डोम समुदायलाई घाट बाहिर गरेको घटना र सर्लाहीको रानीगँजमा एक महतो विपन्न परिवारलाई पण्डाल बाहिर राखेको घटनाले मधेशमा तरँग ल्याएको छ । 

छठ पर्वमा भएको यस्तो घटना मँगलबार समाजिक सँजालमा एकाएक भाईरल बनेपछि हिन्दु सम्राट नेपालका अध्यक्ष यादवले जातीवादले ग्रसित केही मानिसहरुको कारण सिँगो धर्ममाथि प्रहार भएको बताए । उनले जातीवाद मानसिकताप्रति खेद प्रकट गरे । 

धनकौल वडा नं. ७ मा यादव र सहनी समुदायको घना वस्ती छ । रौतहटको राजपुरमा समेत बहुसँख्यकहरुले घाट बाहिर निकालेको आरोप छ । सर्लाहीको रानीगँजमा भएको घटना सोही प्रवृतिको छ । यद्यपी सर्लाही रानीगँजको घटना समाजिक सँजालमा अधिक भाईरल बन्यो । 

हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवले मधेशमा जातीवाद मानसिकताले ल्याएको यो प्रवृतिको विरुद्ध आफूहरु सदैव लडदै गएको बताए । जातीय छुवाछुत हटिसकेपनि केही ग्रसित मानसिकताले अझै उच्च निच्च ठानेर यस्तो व्यवहार गर्दै गरेकोप्रति दुःख प्रकट गरे । उनले आफूहरु अब जातीवादको विरुद्ध अभियान चलाउने बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 67%
  • 33%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८२ कार्तिक १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus