धनुषाः जनकनन्दिनी गाउँपालिकाको 'गुहँ गाउँ', जहाँ भनिन्छ- 'गुँह आयो की गाउँ आयो'

२०८३ बैशाख २३ बुधबार
बिहान ०८:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक वडाको दुई गाउँ जसलाई 'गुँह गाउँ' भनेर चिनारी दिइएको छ । जनकनन्दिनी गाउँपालिका वडा नं. ३ को महुवा र लवटोली(दक्षिणबारी टोल) लाई 'गुँह गाउँ' भनेर चिनिन थालेको छ । 

राज्यको पुनःसंरचनापछि बनेको स्थानीय सरकारमा दुई पटक लगातार निर्वाचित भएका वडा नं. ३ का वडाध्यक्ष बिष्णुदेव साह बँनियाको वडाको यी दुई गाउँलाई 'गुँह गाउँ' भनेर चिनिन थालेको छ । अल्पसँख्यक, मुस्लिमको मोटै बस्ती रहेको सो वडामा पसेको एक मात्र सँकेत हो गुँह अर्थात दिसैदिसा । 

भारतको सीमासँगै रहेको महुवाको दक्षिण प्रवेशमा अल्पसँख्यकमा डोम समुदायको वस्ती छ । त्यसको चारैतर्फ गुँहैगुँह छ । नाक छोपेर जानुपर्ने बाध्यता अन्त्यको पर्खामा नागरिक छन् । तर, वडाध्यक्ष विष्णुदेव साहले भने यसलाई निर्वाचित भएको ९ बर्षसम्म निराकरण गर्न सकेका छैनन् । 

त्यो भन्दा अधिक नाजुक अवस्था छ सोही वडाको लवटोली टोलमा । जहाँ मुस्लिम समुदायको घना वस्ती छ । बाँकीका अन्य समुदायको वस्ती । लवटोलीमा जहाँ बाट पसेपनि बिना गुँह दर्शनको पस्न सक्ने अवस्था छैन । गाउँको चारै बाटोमा “गुँह आयो की गाउँ आयो” भनेर बुझनुपर्छ । 

लवटोलीको उत्तरवारी टोलमा सडक बाटोको अवस्था ठिकै छ, तर लवटोली दक्षिणवारी टोलको अवस्था भने बर्षायाम घिनलाग्दो हुन्छ । त्यहाँका नागरिकमा सोही कारण पनि अधिक सँख्यामा रोगी हुने गरेको ठहर छ । स्थानीय सरकारले लवटोलीलाई सुरुदेखि नै उपेक्षा गरेको पाईएको छ । 

पोखरी र कब्रगाहसम्म पिसिसि ढलान गरेपनि त्यो ढलानको दुवैतर्फ गुँहैगुँह गुँहाम्य हुन्छ । बर्षायाम आएपछि अब त्यो गाउँमा साईकल लिएर जान पनि कठिनाई सुरु भएको छ । न बाटो छ, न सफाई । सडकको अवस्था हेर्दा स्थानीयहरुले वडाध्यक्ष विष्णुदेव साहलाई सरापे । 

स्थानीय सरकारले बर्षैभरि नयाँ नयाँ नीति नियम बनाउनुपर्नेमा उनीहरु मात्र सडकमा माटो, ढलान बाहेक नीति निर्माणमा शून्य समय दिएको पाईएको छ । सोही कारण जनकनन्दिनी गाउँपालिका वडा नं. ३ को अवस्था अझै दयनीय छ । सडक ढलानलाई मात्र विकास ठान्ने नागरिक पनि सोही ठाउँका हुन् । 

धनुषा जिल्लामै सबभन्दा घिनलाग्दो गाउँ लवटोली दक्षिणवारी टोललाई भन्न सकिन्छ । यसप्रति गाउँपालिका अध्यक्ष, उपाध्यक्षले आफैँ एक्सन लिनु आवश्यक देखिन्छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

एमालेको पोष्टर पम्पलेटबाट अध्यक्ष केपी ओली आउट

  • २०८३ बैशाख २३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेकपा एमालेका प्रचार सामाग्रीबाट अध्यक्ष केपी शर्मा ओली आउट भएका छन् ।  पछिल्लो समय एमालेले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्न छाडेको हो ।

पूरा पढ्नुहोस्

Bureau Menus