सर्वसाधारणमा प्रहरीको आग्रहः 'मोबाईलमा आउने अनाधिकृत कुनै लिंक नखोल्नु, पैसा लुटिनेछ'

२०८३ बैशाख २३ बुधबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

ब्युरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ ।

प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ ।

ब्युरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरेको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनमतको संसदीय दलको नेताबाट अर्थमन्त्री यादव हटाइए, सिँह बनाइए संसदीय दलका नेता

  • २०८३ बैशाख २३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनमत पार्टी ले मधेश प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तन गरेको छ। दलका नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाउँदै चन्दनकुमार सिंहलाई नयाँ नेता बनाइएको हो। पार्टी अध्यक्ष सीके

पूरा पढ्नुहोस्

Bureau Menus