न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाका पत्रकार मनोजकुमार महतो उर्फ मनोज मानवको प्रेस पास निलम्बन गर्न पत्राचार गरिएको छ ।
उनले सँचालन गर्दै आएको स्टारअनलाईन टिभी नामक वेभसाईट प्रेस काउन्सिल नेपालले अवज्ञकारी मिडियाको रुपमा घोषित गर्दै कालोसूचिमा राखेको हो । प्रेस काउन्सिलले बैशाख ३१ गते विहिबार जारी गरेको कालोसूचि विवरणमा स्टारअनलाईनटिभी डटकमलाई कालोसूचिमा राखिएको हो । कालोसूचिमा नं. ३ भनेर कालोसूचिमा राखिएको हो ।
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिँहका अनुसार पटक पटक निर्देशन अवज्ञा गरेको भन्दै कालोसूचिमा राखिएको हो । मिडियालाई बैशाख १५ गतेको निर्णय अनुसार कालोसूचि गरिएको जनाइएको छ ।

विगत केही दिनदेखि सिरहाका केही पत्रकार, जनप्रतिनीधि, नेताहरुलाई लक्षित गरी मिडियाको मर्मविपरित समाग्री प्रकाशन प्रसारण गरेका उनलाई पटक पटक स्पष्टिकरण, जवाफ पेश गर्न भनेपछि उनले अटेरी गरेपछि कालोसूचिमा राखिएको हो । उनको प्रेस पास समेत निलम्बन गर्न पत्राचार गरिएको छ ।
मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ
- २०८३ जेठ १ शुक्रबार
हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर
पूरा पढ्नुहोस्




