सिरहामा हराएका ३ वर्षीय बालक अभियान्सको दर्दनाक हत्या, हातखुट्टा काटिएको अवस्थामा मृत फेला

२०८३ बैशाख २९ मंगलबार
बिहान १०:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको बरियारपट्टी क्षेत्रमा हराएका ३ वर्षीय बालक अभियान्स यादव मृत अवस्थामा फेला परेका छन्। बालकको शव पोखरीमा फेला परेको र शरीरका केही अंगमा गम्भीर चोट तथा हातखुट्टा काटेर फालिएको अवस्थामा मृत भेटिएको हो । घटनाले गाउँ शोकमग्न छ । 

लक्ष्मीपुर पतारी गाउँपालिका–३ लबटोली निवासी भोगेन्द्र प्रसाद यादवका ३ वर्षीय छोरा अभियान्स यादव मिति २०८३ वैशाख २६ गते दिउँसो आफ्नी आमा अमृती यादवसँग बरियारपट्टी गाउँपालिका–४ सोहपुर गएका बेला हराएका थिए। परिवारले खोजतलास गर्दा फेला नपरेपछि साँझ इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराइएको थियो।

ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरका प्रहरी नायब निरीक्षक ज्योती प्रकाश कार्कीको नेतृत्वमा खटिएको टोलीले खोजी कार्य जारी राखेको अवस्थामा बालकको शव स्थानीय पोखरीमा फेला परेको हो।

प्रहरी स्रोतका अनुसार शवको अवस्था शंकास्पद देखिएकाले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको छ। बालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाइएको छ । 

प्रारम्भिक जानकारी अनुसार बालकका आमा–बुबाबीच विगत तीन वर्षदेखि पारिवारिक विवाद रहँदै आएको थियो। बुबा वैदेशिक रोजगारीमा रहेका तथा आमा माइतीमै बस्दै आएकी थिइन्।

निर्दोष बालकमाथि भएको यस प्रकारको क्रूर घटनाले स्थानीयवासी आक्रोशित बनेका छन्। दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न स्थानीय तथा अधिकारकर्मीहरूले माग गरेका छन्।

 

  • 0%
  • 0%
  • 0%
  • 5%
  • 85%
  • 10%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ बैशाख २९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus