जनकपुरः ७ बर्षिय बालिकालाई बलात्कार गर्ने मण्डललाई अदालतले दिए जन्मकैदको सजाय

२०८३ बैशाख २४ बिहीबार
बिहान ०९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश कपिलमणि गौतमको इजलासले मिथिला बिहारी नगरपालिका–१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालतका अनुसार २०७८ फागुन २८ गते भएको घटनामा मण्डलले सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको ठहर गरिएको छ । सोही कसुरमा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ । फैसलामा प्रतिवादी मण्डलले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१)(२) अन्तर्गतको कसुर गरेको ठहर गरिएको उल्लेख छ ।

उक्त संहिताको दफा २१९(३) (क) अनुसार पीडिता १० वर्षभन्दा कम उमेरकी भएकाले जन्मकैदको सजाय गरिएको हो । अदालतका अभिलेख अनुसार मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पु¥याइदिने बहानामा साइकलमा राखी गाउँबाहिर खेतमा लगेर जबरजस्ती करणी गरेका थिए ।

मुद्दाको सुनुवाइका क्रममा पीडितको बकपत्र, प्रत्यक्षदर्शीको बयान, घटनाक्रम, प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय परीक्षणबाट प्राप्त प्रमाणका आधारमा अदालतले कसुर प्रमाणित गरेका हुन् ।

  • 0%
  • 0%
  • 8%
  • 8%
  • 0%
  • 0%

अब भोजपुरी गीत बजाउन प्रतिबन्ध, अटेरी गरे नगर जरिवानासहित कारवाही हुने

  • २०८३ बैशाख २४ बिहीबार

न्यूज ब्यूरो, वीरगँज ।  वीरगन्ज महानगरपालिका–३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ। बुधबार वडाध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले विवाह, भोज तथा अन्य सामाजिक एवं निजी कार्यक्रममा भोजपुरी गीत

पूरा पढ्नुहोस्

Bureau Menus