जनकपुरः सार्वजनिक जग्गा खाली गर्न भनेपछि बालेन सरकारविरुद्ध सुकुम्बासीहरुको प्रदर्शन, चक्काजाम

२०८३ बैशाख २५ शुक्रबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सार्वजनकि जग्गा खाली गर्न भनेपछि बालेन सरकारविरुद्ध आफूलाई सुकुम्बासी बताउनेहरुले विरोध प्रदर्शन सुरु गरेका छन् । 

धनुषाको महेन्द्रनगरस्थित जनकपुर ढल्केवर सडकखण्डमा आफूलाई सुकुम्बासी दाबी गर्नेहरुले सडक अवरुद्ध गरेका छन्् । क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना निकालेपछि उनीहरू आन्दोलनमा उत्रेका हुन् ।

स्थानीय सरकारलाई परिपत्र गरे अनुसार, नगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरुले सडक जाम गरी सरकारको विरोध जनाएको हो । उनीहरुले बर्षौदेखि बस्दै आएको जग्गामा डोजर चलाउने भनिएपछि आन्दोलनमा उत्रेका हुन् । 

आन्दोलनकारीहरुले आफूहरुलाई बसोवास गरेकै जग्गामा व्यवस्थापन गर्नुपर्न माग राख्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८३ बैशाख २५ शुक्रबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus