कमला नपाकी उपमेयर शिलादेवीको ९ बर्षदेखि एउटै मन्त्रः १० महिना झगडा गर्ने, कमिशनको बजेटपछि जेठ र असारमा मिल्ने

२०८३ बैशाख २५ शुक्रबार
बिहान ०८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल स्थानीय सरकार गठन भएपछि उनको ९ बर्षसम्म एउटै मन्त्रमा अडिग रहिन्, त्यो हो १० महिनासम्म झै झगडा गर्ने र जेठ असारको अन्तिम महिनामा मिलजुली बाँडने । पत्यार नलाग्ला तर सत्य यही हो । 

वि.स. २०७४ सालमा स्थापना भएको स्थानीय सरकारको चुनावपछि उपमेयरमा निर्वाचित भएदेखि उनले सोही मन्त्र जाप गर्दै आएकी हुन् । तत्कालिन मेयर राम उदगार गोईतको पालादेखि नै कमला नगरपालिकालाई निरन्तर विवादित बनाउने एक मात्र पात्र उमेयर रहेको कर्मचारीहरु बताउँछन् । 

नयाँ आर्थिक बर्षको १० महिनासम्म झमेला, झगडा, विरोध, बैठक नबस्ने प्रवृतिमै रम्दै आएकी उमेयर शिला देवी मण्डलले अचानक प्रत्येक आर्थिक बर्षको जेठ र असारमा मिल्ने गरिन्छ । यद्यपी उनलाई दुई कार्यकालमा दुईटै मेयरसँग कहिल्यै शान्तीको साइत जुरेनन् । 

उनी हरेक बर्ष जेठ र असारमा सबै पक्षसँग मिलेर बजेट चलाउने पात्रको रुपमा चिनिन्छन् । नगरसभा चैत्त अन्तिममा हुनुमा पनि उपमेयरको ठुलो हात रहयो । केही वडाध्यक्षहरुले समेत मेयरको कार्यशैलीको विरोधमा उत्रेपनि उनीहरुको अगुवा भने उपमेयर रहँदै आएकी हुन् । 

यसअघिको स्थानीय सरकारमा समेत उपमेयर रहिसकेकी शिलादेवीले छाप र पार्टीको भरमा जितेकी पात्र हुन् । रामउदगार गोईतकै पालादेखि उनको यही व्यवहारले न कुनै जनप्रतिनीधि  न त कुनै कर्मचारीसँग टर्म मिलेको देखिन्छ । कर्मचारी, वृद्धवृद्धालाई भोकै राख्न शिलादेवी मण्डल एक्लै उभिएकी पात्र हुन् । 

विहिबार कमला नगरपालिकामा मेयरमाथि हातपात गर्ने उपमेयर शिलादेवी मण्डल उक्साहटमा परिन् । विपक्षको उक्साहटमा परेर उनले नगर प्रमुख बिशेश्वर यादवमाथि हातपात गरिन् । बैठकमा बजेट बाँडफाँडकै विषयमा उपमेयरले आफ्नो कमिशनको बजेट नबढाएको भन्दै आक्रोसित भएर मेयरमाथि हातपात गर्न भ्याइन् । 

सो सन्दर्भमा मेयर यादवले असन्तुष्टि रहँदैमा नगर प्रमुखमाथि हातपात गर्नु आफ्नो अधिकार खोज्नु नभएको बताइन् । उपमेयरले अधिकार खोजेको भन्दै हातपात गरेको प्रश्नमा मेयर यादवले कसैमाथि हातपात गरेर अधिकार खोज्नु भनेको अरुको अधिकार हनन गर्नु मात्र भएको बताए । उनले भने, कुनै असन्तुष्टि भए वार्तालाप मार्फत समाधान गरिने बाटो हुँदाहुँदै केही वडाध्यक्षहरुको उक्साहटमा घृणित कार्य गरेको बताए । 

उनले महिला भएको फाईदा उठाएको पनि बताए । महिला भएपछि जे पनि गर्न हुने विचारधाराले यस्तो घटना भएको बताए । उनले अब कानुनी बाटो नै खोज्ने बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...

  • २०८३ बैशाख २५ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै

पूरा पढ्नुहोस्

Bureau Menus