न्यूज ब्यूरो, काठमान्डौँ । पूर्वमाओवादी नेता सुदन किराँती श्रम संस्कृति पार्टी मा प्रवेश गरेका छन् । पार्टी प्रवेशको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि काठमाडौंको हार्दिक होटल मा अपराह्न ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
किराँती पक्षले यसलाई ‘पार्टी एकता’को संज्ञा दिएको छ । किराँतीको सचिवालयका एक सदस्यका अनुसार श्रम संस्कृति पार्टीसँग पार्टी एकताबारे सैद्धान्तिक सहमति भइसकेको छ । त्यसबारे औपचारिक जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी छ ।
भोजपुरका किराँती पूर्वमाओवादी नेता हुन् । उनी पूर्वपर्यटन मन्त्रीसमेत बनेका थिए । तर जनवादी समाजवादी तथा वाम धारका दलहरूबीच एकता हुँदै नयाँ राजनीतिक समीकरण बनेपछि उनी त्यसप्रति असन्तुष्ट हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय भएका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा को पहलमा गठन गरिएको प्रलोपामा किराँती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए । तर पछिल्लो निर्वाचनमा पार्टीले एक सिट पनि जित्न नसकेपछि प्रलोपा कमजोर अवस्थामा पुगेको छ ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर प्रलोपामा पुगेका अध्यक्ष परिषद्का अर्का सदस्य सन्तोष परियार समेत पार्टीबाट अलग भइसकेका छन् ।
उता श्रम संस्कृति पार्टी भने पछिल्लो निर्वाचनपछि संसद्को पाँचौं ठूलो दलका रूपमा उदाएको छ । स्रोतका अनुसार निर्वाचनकालदेखि नै किराँती र श्रम संस्कृति पार्टीका नेताबीच संवाद भइरहेको थियो । अहिले त्यो संवाद पार्टी एकताको चरणमा पुगेको बताइएको छ ।
रोशनी झा मृत्यू प्रकरणमा ससुरा भन्छन्,-'मलाई ज्यान मार्ने धम्की आयो, कसरी बाँच्नु ?'
- २०८३ बैशाख २५ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कटैया–चौरीकी रोशनी झा मृत्यु प्रकरणमा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै बेला उनका ससुरा रुद्रप्रकाश मिश्रले आफूलाई ज्यानको धम्की आइरहेको बताएका छन्। बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै
पूरा पढ्नुहोस्



