न्यूज ब्यूरो, सिरहा । सिरहाको बरियारपट्टीस्थित हुलाकी मार्ग बुधबार बिहानदेखि स्थानीयवासी र व्यापारीले अवरुद्ध गरेका छन्।
नेपाल सरकारले मिति २०८३ वैशाख २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टिमा छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।
बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका छन्। बिहान करिब ८ः३० बजेदेखि सुरु भएको अवरोधका कारण सो क्षेत्रको यातायात प्रभावित बनेको छ।
प्रदर्शनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत करिब एक सय जनाको सहभागिता रहेको बताइएको छ।
प्रदर्शनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। आन्दोलनका कारण हुलाकी मार्ग भएर सञ्चालन हुने सवारी साधन आवतजावतमा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८३ बैशाख २४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्



