न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरुले पेनडाउन गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।
विहिबार दुई चिकित्सकलाई अस्थायी रुपमा निलम्बन गरेको विरोधमा प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुले पेन डाउन गरी औषधी, उपचार लेख्न मनाही गरेको हो । सोही विरोधमा विरामी र कुरुवाहरुले आन्दोलन गरेको छ । उनीहरु अस्पतालको मुख्यद्धार (मेन गेट) लगाएर विरोध प्रदर्शन गरेका छन् ।
एक सुत्केरी महिलाको अप्रेशनको क्रममा स्वास्थ्य अवस्था अधिक बिग्रेपछि विरामी पक्षका आफन्तजनले डाक्टरलाई कारवाहीका लागि माग गरे बमोजिम शल्यक्रियामा सँलग्न डा. धिरज साह र डा. श्रेयालक्ष्मी साहलाई निलम्बन गरेपछि डाक्टरहरुले समेत विरोध जनाएको हो ।
उपचारको क्रममा विरामीको अवस्था बिग्रनु मात्र चिकित्सकको लापरवाही मान्नु गलत रहेको भन्दै आफ्ना कर्मचारीमाथि गरिएको व्यवहारको विरोधमा डाक्टरहरु पेनडाउन गरेका छन् ।
यता, विभिन्न विभागको लागि चेकजाँच हेतु बिल (पूर्जी) कटाएका सर्वसाधारणहरुलाई चेकजाँच नभएपछि उनीहरुले समेत विरोध जनाउँदै आन्दोलन सुरु गरेको छ । उनीहरुले आफूहरुले रकम तिरेर बिल काटेकोले उपचार हुनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको छ । अहिले अस्पतालको अवस्था तनावग्रस्त बनेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरीको टोली अस्पताल पुगेको हो ।
नक्कली नोट छाप्ने अब्दुल र अनिल पक्राउ, प्रिन्टरसहित अन्य समाग्री बरामद
- २०८३ जेठ ८ शुक्रबार
न्यूज ब्युरो, जनकपुरधाम । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी सांस्कृतिक
पूरा पढ्नुहोस्



